×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जहाँ पुग्यो, त्यहीं काण्ड नै काण्ड मच्चाउने मीन बोहोराले अन्तत: लघुवित्त क्षेत्र नै छोडे, धौलागिरीका कर्मचारीले मनाए खुसीयाली !

PRIME CA

जहाँ पुग्यो, त्यहीं काण्ड नै काण्ड मच्चाउने मीन बोहोराले अन्तत: लघुवित्त क्षेत्र नै छोडे, धौलागिरीका कर्मचारीले मनाए खुसीयाली !

१९ असार २०८०, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । नेपाल लघुवित्त बंकर्स संघका कार्यबाहक अधक्ष्य भएर पनि संघका महत्वपूर्ण कार्यक्रममा आउने आँटसमेत नभएका नेपाली लघुवित्त क्षेत्रका बदनाम सीइओ मीन बोहोराले अन्तत: लघुवित्त क्षेत्र नै छोडेका छन् । करिव २५ बर्ष विभिन्न लघुवित्तमा काम गरेका उनी नक्कली भ्याट बिल प्रकरणदेखि अनेक प्रकरणमा मुछिएका व्यक्ति हुन् । विशेषगरी कालिका लघुवित्तमा हुँदा उनका अनेक प्रकरण बाहिर आएका थिए ।
२०५० सालमा सुदुर पश्चिमांचल ग्रामीण बिकास बैंक धनगढीबाट आफ्नो करियरको सुरुवात गरेका उनी जहाँ जहाँ गयो, ती लघुवित्तमा अनेक काण्ड भएरै छाड्थे । उनको मनपरीले हद नाघेपछी कतिपय लघुवित्तमा त उनलाई बर्खास्त गर्न छलफल नै भएर पछि उनले राजिनामा नै दिनुपरेको थियो । यतिसम्मकि कालिका लघुवित्तमा त त्यहाँका अध्यक्षले बोहोराका अनेक पोल खोलेर संस्थाबाट राजिनामा नै दिएका थिए ।
४ वटा लघुवित्तको डीमर्जसहितको तीतो अनुभवसमेत संघाल्नु परेका बोहोरामाथि लागेका कतिपय बदमासीका आरोप अहिले पनि विभिन्न निकायमा विचाराधीन छन् । अहिले पनि उनको विदाईलाई लिएर यस्तै बदमासीको आशंका पनि गरिएको छ । बोहोराको बिदाईमा कतिपय लघुवित्तकर्मीले खुसीयालीसमेत मनाएका छन् । धौलागिरी लघुवित्तका केहि कर्मचारीले बोहोराको लघुवित्त क्षेत्रको बहिर्गमन यो सालकै सबैभन्दा राम्रो समाचार भएको भन्दै खुसीयाली व्यक्त गरेका छन् ।
धौलागिरी लघुवित्तको प्रमुख कार्यकारी अधिकृत हुँदा उनी लघुवित्त बैंकर्स संघको अध्यक्षसमेत भए । उनीजस्तो मान्छेलाई लघुवित्त बैंकर्स संघको अध्यक्ष बनाएको भन्दै चौतर्फी विरोध भईरहेका बेला उनी स्वयमले यो क्षेत्र नै छोडेका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: