×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

साउनको पहिलो दिन सेयर बजारमा हरियाली, नेप्से परिसूचक ४७ अंकले बढ्यो, लगानीकर्ता उत्साहित !

PRIME CA

साउनको पहिलो दिन सेयर बजारमा हरियाली, नेप्से परिसूचक ४७ अंकले बढ्यो, लगानीकर्ता उत्साहित !

१ श्रावण २०८०, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । नयाँ आर्थिक वर्षको पहिलो कारोबार दिन (साउन १ गते) सेयर बजारमा हरियाली देखिएको छ ।

गत आर्थिक वर्षको अन्तिम कारोबार दिनको तुलनामा सोमबार सेयर बजार मापक नेप्से परिसूचक ४७.०७ अंकले बढेर २१४४.१६ बिन्दुमा पुगेको छ ।

सोमबार नेप्सेमा कुल २५७ कम्पनीको ७६ लाख ३४ हजार १ सय ९० कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ५६ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार शिवम् सिमेन्टको भएको छ । सोमबार यस कम्पनीको १४ करोड ८६ लाख १९ हजार ४ सय ५५ रुपैयाँ १० पैसा बराबरको कारोबार भएको छ ।

नयाँ आर्थिक वर्षको पहिलो कारोबार दिनमै सेयर बजार भारी अंकले बढेपछि लगानीकर्ताहरु थप उत्साहित बनेका छन् ।

यस्तै सोमबारको सेयर बजारमा बिपिडब्लु लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताहरु मालामाल भएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलवा युनाईटेड अजोड इन्स्योरेन्स, अभियान लघुवित्त वित्तिय संस्था, सृजनशील लघुवित्त वित्तीय संस्था, मल्टी पर्पोज फाइनान्स र सीवाईसी नेपाल लघुवित्तका लगानीकर्ताहरु पनि मालामाल भएका छन् । हेर्नुहोस् सोमबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरूको सूचीः

यसैबीच सोमबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको १४ करोड ८६ लाख १९ हजार ४ सय ५५ रुपैयाँ १० पैसा बराबरको सेयर कारोबार भएको छ । यस अलावा हिमालयन लाइफ इन्स्योरेन्स, शाइन रेसुंगा डेभलपमेन्ट बैंक, सोल्टी होटल, आइजीआइ प्रुडेन्सियल इन्स्योरेन्स र नेपाल इन्फ्रास्ट्रकचरको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् सोमबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरूको सूचीः

यस्तै सोमबारको सेयर बजारमा कुमारी धनवृद्धि योजनाले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ८ प्रतिशत भन्दा धेरैले घटेको हो । कुमारी धनवृद्धि योजनामा यस्तो गिरावट आउँदा सानिमा ग्रोथ फण्ड, सानिमा लार्ज क्याप फण्ड, ८.५% बिओके डेबेञ्चर २०८६ र मेगा म्युचुअल फण्ड-१ मा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् सोमबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: