Skip to content
LAXMI SUNRISE BANK

सुन तस्करीमा संलग्नताको आशंकामा चिनियाँ नागरिक पक्राउ

अर्थ सरोकार

काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट बरामद गरिएको सय किलो सुन प्रकरणमा थप एक जना पक्राउ परेका छन् । बिहीबार प्रहरीले सुन तस्करीमा संलग्न रहेको आशंकामा एक जना चिनियाँ नागरिकलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा चिनियाँ नागरिक चछ्याङ लिन रहेको छन् । उनलाई बिहीबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको प्रस्थान कक्षबाट बाहिरिने क्रममा पक्राउ गरिएको हो । पक्राउ परेसँगै उनलाई थप अनुसनधानका लागि राजस्व अनुसन्धान विभागको जिम्मा लगाइएको विमानस्थलको अध्यागमन कार्यालय गौचरले जनाएको छ ।

विमानस्थलबाट जाँचपास भई ट्याक्सीमा राखेर बाहिर लैजाने क्रममा करिब एक सय किलो सुन राजस्व अनुसन्धान विभागले बुधबार सिनामंगलबाट बरामद गरेको थियो । सो प्रकरणमा यसअघि प्रहरीले एक भारतीय नागरिकसँगै ६ जनालाई पक्राउ गरिसकेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK