काठमाडौं । ललिता निवास प्रकरणमा पूर्वसचिवसहित ४०६ जनाविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । सरकारी जग्गा हिनामिना प्रकरणमा संलग्न रहेको भन्दै तत्कालीन सचिवहरु दीपा बस्न्यात, छविराज पन्त, दिनेशहरी अधिकारी र नारायण गोपाल मलेगोविरुद्ध पक्राउ पूर्जी जारी भएको हो ।
पक्राउ पूर्जी जारी भएकामध्ये एक पूर्वसहसचिव सुधीर शाह पक्राउ परिसकेका छन् भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्तसमेत रहेका दीपा बस्न्यात फरार रहेका छन् ।
हालसम्म ललिता निवास प्रकरणमा पक्राउ पूर्जी जारी भएका ४०६ जनामध्ये कतिपयलाई हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको छ भने कतिपयको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।
ललिता निवासको ११२ रोपनी ४ आना जग्गा हिनामिना भएको मुद्धामा २०९ जनाविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । त्यस्तै, पशुपति टिकिन्छा गुठीको नाममा दर्ता भएको मुद्धा नम्बर २५ मा ११० जनाविरुद्ध पक्राउ पूर्जी जारी भएको छ भने मुद्धा नम्बर २६ मा १२ आना १२ पैसा जग्गा हिनामिना भएको छ र उक्त मुद्धामा १३ जनाविरुद्ध पक्राउ पूर्जी जारी भएको छ ।
यसरी विभिन्न समयमा विभिन्न व्यक्तिको संलग्नतामा २०४९ सालदेखि २०६९ सालसम्म ललिता निवासको कुल १४३ रोपनीभन्दा बढी सरकारी जग्गा हिनामिना भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्