काठमाडौं । पशुपति बचत तथा ऋण सहकारी संस्था समस्याग्रस्त घोषणा भएको छ । मन्त्रिस्तरीय निर्णयले पशुपति सहकारीलाई समस्याग्रस्त घोषणा गरेको हो ।
पशुपति सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ लिमिटेडले २०७७ सालदेखि बचतकर्ताको बचत फिर्ता नगरेको सम्बन्धमा कारवाही हुँदा उक्त सहकारी संस्थालाई सहकारी ऐन, २०७४ अनुसार भूमि, व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले समस्याग्रस्त घोषणा गरेको हो ।
ऐनको दफा १०४ को उपदफा (१) को खण्ड (क) देखि (च) सम्मको अवस्था विद्यमान रहेकोले सहकारी विभागका रजिष्ट्रारको सिफारिसमा सोही ऐनको दफा १०४ को उपदफा (२) बमोजिम समस्याग्रस्त घोषणा गरेको मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
पशुपति सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ लिमिटेडले आफूहरुको करिब ५३ करोडबढी बचत हिनामिना गरेको भन्दै बचतकर्ताहरुले सहकारी विभागमा उजुरी दिएका थिए । त्यसप्रश्चात विभागले सहकारीका अध्यक्ष सीबी लामासहित सञ्चालक र व्यवस्थापकलाई पक्राउ गरी अनुसन्धान गर्न सीआईबीलाई १९ जेठमा पत्राचार गरेको थियो । तर, हालसम्म सीआईबीले भने कार्वाही प्रक्रिया अघि बढाएको छैन ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्