काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सको सेयर कारोबारमाथि बैधताको प्रश्न उठाउँदै धितोपत्र बोर्डले साहिल अग्रवाललाई स्पष्टिकरण सोधेको छ । अग्रवालले गैरकानुनी रुपमा सेयर बेचेको गुनासो आएपछि बोर्डले स्पष्टिकरण सोधेको हो ।
अग्रवालले गत असारको पाँच कारोबार दिनमा मात्रै हिमालयन लाइफको करिब २८ करोड मूल्य बराबरको सेयर बिक्री गरेका थिए । तर, सोही कारोबारमाथि बैधताको प्रश्न उठाउँदै बोर्डले अग्रवालसँग स्पष्टिकरण सोधेको बोर्डका एक उच्च अधिकारीले जनाएका छन् । ‘साहिल अग्रवालले बिक्री गरेको हिमालयन लाइफको सेयर गैरकानुनी भएको भन्दै बोर्डमा गुनासो आएको थियो ।’, बोर्डका ति अधिकारीले भने, ‘सोही गुनासोका आधारमा स्पष्टिकरण सोधेको हौँ ।’
स्पष्टिकरण सोधेसँगै अग्रवालले तत्कालीन युनियन लाइफको संस्थापक सेयर साधारणमा कन्भर्जन गरी बिक्री गरेको हो वा अग्रवालसँग पहिले नै भएको सेयर बिक्री भएको हो भन्ने बारे बोर्डको सुपरिवेक्षण विभागले छानबिन सुरु गरेको बोर्डका ति अधिकारीले जनाएका छन् ।
यसो त युनियन लाइफ इन्स्योरेन्स कम्पनी दुई वषअघि नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएको थियो । २०७७ असार २४ गते प्राथमिक शेयर निष्कासन गरेको उक्त कम्पनीले ३१ असारमा शेयर बाँडफाँड गरेको थियो । धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०७३ को नियम ३८ मा कुनै पनि कम्पनीका संस्थापक शेयरधनीले प्राथमिक शेयर निष्कासन भएको तीन वर्षसम्म सेयर बिक्री गर्न पाउँदैनन् । तर, अग्रवालले सोही अवधिमा सेयर बेचेको पाइएपछि स्पष्टिकरण सोधेर बोर्डले थप अनुसन्धान सुरु गरेको हो ।
स्पष्ट रुपमा कानुन हुँदाहुँदै पनि शंकर ग्रुपका प्रबन्ध निर्देशक समेत रहेका अग्रवालले संस्थापक सेयर बिक्री गरेपछि धितोपत्र बोर्ड एक्सनमा उत्रिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्