×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

संस्करण क्रिएसन नामधारी विज्ञापन एजेन्सीको बदमासी : मिडियाको व्यवसायिक गोपनियता खुलेआम भङ्ग गर्दै मनपरी !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

संस्करण क्रिएसन नामधारी विज्ञापन एजेन्सीको बदमासी : मिडियाको व्यवसायिक गोपनियता खुलेआम भङ्ग गर्दै मनपरी !

Artha Sarokar

२० असार २०८०, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । टोकला चिया लगायतका केहि चलेका ब्राण्डहरुको काम गरिरहेको संस्करण क्रिएसन प्रालि नामक विज्ञापन एजेन्सीले विभिन्न संचारमाध्यमको गोपनियताको खिल्ली उडाउँदै मनपरी गरिरहेको खुलासा भएको छ । सो कम्पनीले एउटा संचारमाध्यमको ‘ब्यालेन्स कन्फरमेसन’ अर्को संचारमाध्यममा पठाएर एकातर्फ संचारमाध्यमको गोपनियताको खिल्ली उडाईरहेको छ भने अर्कोतर्फ अर्को कम्पनीको अनावश्यक सूचना मेलमा पठाएर गलत काम गरिरहेको छ ।
ऋतु मानन्धरका नामबाट आएको मेलमा यसरी विभिन्न संचारमाध्यमको गोपनियता भंग गरिएको हो । यो कानुनी रुपमासमेत गैरकानुनी काम हो भने नैतिक रुपमा पनि गलत काम हो । यसले एकातर्फ मिडिया-मिडियाबीच द्वन्द बढाउने काम गर्छ भने क्लाइण्टसँगको सम्बन्धलाई पनि असर गर्ने सम्भावना रहन्छ । तर यस्तो गम्भीर कुराको सामान्य ख्यालसमेत नगरी ऋतु मानन्धरले पटक पटक विभिन्न संचारमाध्यममा अरुको गोपनियता भंग हुने गरी बदमासी गरिरहेको पाइएको छ ।
‘गल्ती भयो’ : संस्करण क्रिएसन 
यता संस्करण क्रिएसन नामको विज्ञापन एजेन्सीकि प्रतिनिधि ऋतु मानन्धरले पनि यस विषयमा आफ्नो गल्ती भएको स्वीकारेकी छिन् । आफुले गरेको गलत कामका कारण एकातर्फ मिडियाको गोपनियता भंग भएको र अर्कोतर्फ एक मिडियाको आर्थिक विवरण अर्को मिडियामा पुग्दा त्यसले गलत प्रभाव पार्ने स्वीकारेकी मानन्धरले यस विषयमा अव आफु सचेत हुने बताएकी छिन् । ऋतु मानन्धरले एउटा इमेलसमेत गतिलोसँग पठाउन नजान्दा अहिले विभिन्न संचारमाध्यमहरुको आर्थिक विवरण अन्यत्रै पुगिरहेको छ ।
के भन्छन् विज्ञापन व्यवसायी र कानुन व्यवसायी ?
यस विषयमा प्रतिक्रिया लिन खोज्दा विज्ञापन एजेन्सी संघ नेपालका अध्यक्ष सोम धितालले भने फोन उठाएनन् । उनले फोन नउठाएपछि हामीले विज्ञापन एजेन्सी संघकै अर्का एक पदाधिकारीसँग यस विषयमा जिज्ञासा राख्यौँ ।
ती अधिकारीले यस्तो काम गर्नै नहुने र गैरकानुनीसमेत रहेको बताए । ‘तपाईंले जे कुरा उठाउनुभयो, त्यो गम्भीर मात्र विषय मात्र होइन, अपराध पनि हो । क्लाइन्टमाथिको धोका हो । तर के गर्नु मै हुँ भन्ने ब्राण्ड त्यस्तै सस्तो कामको पछि लाग्छन्, के गर्नु ?’ नेपाल विज्ञापन एजेन्सी संघका पदाधिकारीसमेत रहेका एक विज्ञापन व्यवसायी भन्छन्- ‘यस विषयमा विज्ञापन संघमा उजुरी गरे हामी सम्बन्धित विज्ञापन एजेन्सीलाई कारवाही गर्छौँ ।’
यता, अधिवक्ता केके न्यौपाने पनि यस्तो काम सार्है गलत र कानुनी रुपमा पनि कसुरजन्य रहेको बताउँछन् । ‘सम्बन्धित संस्थाको अनुमति विना, नियामक वा सम्बन्धित निकायले माग गरेको अवस्थामा बाहेक उसका आर्थिक कारोबार पनि गोप्य हुनु उसको अधिकारको विषय हो ।’ अर्थ सरोकारसँग कुराकानी गर्दै न्यौपानेले भने- ‘अझ प्रतिष्पर्धीलाई जानाकारी हुनेगरी विवरण बाहिरिनु भनेको त सार्है ठुलो र गलत कुरा हो । सम्बन्धित संस्था सो कम्पनीविरुद्ध अदालत गयो भने अदालतले आवश्यक क्षतिपूर्तिसमेत भराउन सक्ने विषय हो यो ।’
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी