काठमाडौं । सप्तकोशी डेभलपमेन्ट बैंकका तत्कालीन कार्यकारी अधिकृत (सीईओ) नवीन सुबेदीविरुद्ध विशेष आदलतमा मुद्धा दायर भएको छ । सम्पत्ति शुद्धीकरण विभागले उनीविरुद्ध विशेष आदलतमा मुद्दा दायर गरेको हो ।
बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत सुवेदीले २०७२ साल चैत्रदेखि २०७८ साल मंसिरसम्म सप्तकोशी डेभलपमेन्ट बैंक कर्पोरेट कार्यालयमा रेमिट्यान्स कारोबार हुने पुमरी बैंकिङ सफ्टवेयरको ‘पार्किङ एकाउन्ट’ मा रेमिटयान्स नै नआएको अवस्थामा फर्जी कारोबार गरी बैंकलाई १५ करोड ७४ लाख ४० हजार ५ सय ७४ ठगी गरेको आरोप लागेको थयो ।
सोही बैंकिङ कसूर मुद्दामा उनको खातामा अस्वभाविक रकम ‘ट्रान्जेक्सन’ भएको देखिएको भन्दै सम्पत्ति शुद्धीकरणको कसुरमा विभागले अनुसन्धान तथा कारवाही सुरु गरेको थियो ।
बैंकका तत्कालीन कार्यकारी प्रमुख अधिकृतले बैंकको रकम अपचलन गरी बैंकिङ कसुर गरी आर्जन गरेको एक करोड १८ लाख ७७ हजार ७०० रुपैयाँ सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण ऐन २०६४ अनुसार निषेधित कार्य गरी गरेर सम्पत्ति शुद्धीकरणको कसूर गरेको देखिएको विभागले जनाएको छ ।
सोही आधारमा नवीन सुवेदीलाई १ करोड १८ लाख ७७ हजार सात सय रुपैयाँ बिगो दाबीसहित विभागले मुद्दा दायर गरेको जनाएको छ ।
यस्तै कसूरवाट प्राप्त सम्पत्तिबाट आर्जन गरेको तथा नवीन सुवेदी नै संरक्षक देखिएको नाबालक छोराछोरीको नाममा रहेकोसहित उनको नाममा रहेको सम्पत्ति जफत गर्नुपर्ने मागदाबी सहित अभियोग पत्र दायर भएको विभागले जारी गरेकको प्रेस विज्ञप्तीमा उल्लेख छ ।
सुवेदीले सप्तकोशी डेभलपमेण्ट बैंकको प्रमुख कार्यकारी अधिकृतको हैसियतले सम्बद्ध कसूर गरी सोही माध्यमवाटै सम्पत्ति शुद्धीकरणको कसूर गरेकोले तथा उनले सम्पत्ति लुकाउन प्रयोग गरेका हरिकुमारी सुवेदी र बविता पोखरेल सुवेदी समेतलाई शुद्धीकरण गरिएको सम्पत्ति जफत गर्न प्रतिवादी कायम गरेर मुद्दा चलाएको विभागले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्