×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

साउनको दोस्रो सोमबार पशुपतिमा भक्तजनको थेगिनसक्नु भीड (फोटो-कथा)

PRIME CA

साउनको दोस्रो सोमबार पशुपतिमा भक्तजनको थेगिनसक्नु भीड (फोटो-कथा)

८ श्रावण २०८०, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । साउनको दोस्रो सोमबार पशुपतिनाथ मन्दिरमा भक्तजनको भीड लागेको छ । हिन्दु शास्त्रअनुसार वर्षभरिकै शुद्द महिनाका रुपमा लिइने साउनमा सोमबारको ब्रत लिएका भक्तजनहरु बिहानैदेखि पुजाआरधानाका लागि मन्दिर परिसरमा पुगेपछि पशुपतिनाथमा भक्तजनको घुइंचो लागेको हो ।

पशुपति क्षेत्रमा अहिले पनि लाखौँ भक्तजन पूजा, आरधना एवं दर्शनका लागि लाममा बसेका छन् । साउन महिना र सोमबार भगवान् शिवको महिना एवं बार भएकाले शिवालयमा पूजा, आराधना गर्ने वैदिक कालदेखिको परम्परा छ ।

यस्तै राजधानीका गोकर्णेश्वर, नागेश्वर, डोलेश्वर, वसन्तपुरस्थित सानो पशुपतिनाथ भनेर चिनिने मक्खन महादेवलगायत महादेव मन्दिरमा पनि भक्तजनको भीड लागेको छ । यसैगरी देशभरका अन्य शिवालयमा पनि बिहानैदेखि भक्तजनको भीड लागेको छ । साउनको सोमबारको व्रत गर्ने भक्तजनले पाँच वटै सोमबारको व्रत पूरा गरी उद्यापनका लागि अन्तिम सोमबार गोदान र पूर्णपात्र गर्ने विधि रहेको छ । बाँकि तस्विरमा हेर्नुहोस् :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: