×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

धितोपत्र बोर्डको नीति तथा कार्यक्रम सार्वजनिक, गैरआवसीय नेपालीलाई दोस्रो बजारमा खुल्ला गर्न कानुन संशोधन गरिने !

PRIME CA

धितोपत्र बोर्डको नीति तथा कार्यक्रम सार्वजनिक, गैरआवसीय नेपालीलाई दोस्रो बजारमा खुल्ला गर्न कानुन संशोधन गरिने !

१४ श्रावण २०८०, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । नियामक नेपाल धितोपत्र बोर्डले चालु आर्थिक वर्ष २०८०/८१ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । बोर्डले आइतबार चालु आर्थिक वर्षका लागि धितोपत्र बजार तथा वस्तु विनिमय बजार सम्बन्धी नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो ।

बोर्डले चालु आर्थिक वर्षमा विकासात्मकतर्फ ३० कार्यक्रम र नियमिततर्फ ४४ कार्यक्रम गरी कुल ४४ कार्यक्रम निर्धारण गरेको छ । जसमा विकासतर्फ गैर आवसीय नेपालीलाई दोस्रो बजारमा खुला गर्न आवश्यक कानुन संशोधन गर्ने जनाएको छ ।

त्यस्तै, धितोपत्र व्यवसायीका लागि संस्थागत सुशासन सम्बन्धी निर्देशिका जारी गर्ने कार्यक्रम पनि बोर्डले नीति तथा कार्यक्रममा राखेको छ । त्यस्तै, हरित वण्ड लगायत नवीन वित्तीय औजार निष्कासनको लागि नियमकानुन बनाउने पनि कार्यक्रममा उल्लेख गरिएको छ भने सेटलमेन्ट ग्यारेन्टी फण्डदेखि एसएमइज प्लेटफर्म सञ्चालनमा ल्याइने कार्यक्रमले यसपटक पनि निरन्तरता पाएका छन् । यस्तो छ बोर्डले सार्वजनिक गरेको नीति तथा कार्यक्रमः

SEBON

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: