×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बोर्डले आफ्नै डाटा सेन्टर स्थापना गर्ने, राफसाफ सुनिश्चितता कोष प्रभावकारी बनाउन सहजीकरण गर्ने

PRIME CA

बोर्डले आफ्नै डाटा सेन्टर स्थापना गर्ने, राफसाफ सुनिश्चितता कोष प्रभावकारी बनाउन सहजीकरण गर्ने

१५ श्रावण २०८०, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । नियामक नेपाल धितोपत्र बोर्डले आफ्नौ डाटा सेन्टर स्थापना गर्ने भएको छ । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै आफ्नै डाटा सेन्टर स्थापना गर्ने घोषणा गरेको हो ।

धितोपत्र बजार तथा वस्तु निनिमय बजार सम्बन्धी तथ्यांक र जानकारीहरुको समुचित अभिलेख व्यवस्थापन तथा बोर्डमा प्रयोग भईरहेको र भविष्यमा प्रयोग हुने विभिन्न प्रणालीहरुको व्यवस्थापन गर्न बोर्डले नीति तथा कार्यक्रममार्फत आफ्नै डाटा सेन्टर स्थापना गर्ने घोषणा गरेको हो ।

योसँगै नीति तथा कार्यक्रममार्फत बोर्डले धितोपत्रको दोस्रो बजार कारोबारको भुक्तानी सुनिश्चितताका लागि राफसाफ सुनिश्चितता कोष प्रभावकारी रुपमा सञ्चालन गर्न पनि आवश्यक सहजीकरण गर्ने जनाएको छ ।

त्यस्तै, बोर्डले चालु आर्थिक वर्षमा विकासात्मकतर्फ ३० कार्यक्रम र नियमिततर्फ ४४ कार्यक्रम गरी कुल ४४ कार्यक्रम निर्धारण गरेको छ । जसमा विकासतर्फ गैर आवसीय नेपालीलाई दोस्रो बजारमा खुला गर्न आवश्यक कानुन संशोधन गर्ने जनाएको छ ।

त्यस्तै, धितोपत्र व्यवसायीका लागि संस्थागत सुशासन सम्बन्धी निर्देशिका जारी गर्ने कार्यक्रम पनि बोर्डले नीति तथा कार्यक्रममा राखेको छ । त्यस्तै, हरित वण्ड लगायत नवीन वित्तीय औजार निष्कासनको लागि नियमकानुन बनाउने पनि कार्यक्रममा उल्लेख गरिएको छ भने सेटलमेन्ट ग्यारेन्टी फण्डदेखि एसएमइज प्लेटफर्म सञ्चालनमा ल्याइने कार्यक्रमले यसपटक पनि निरन्तरता पाएका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: