×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

५० लाखसम्मको सेयर धितो कर्जामा १००% जोखिम भार कायम

PRIME CA

५० लाखसम्मको सेयर धितो कर्जामा १००% जोखिम भार कायम

१२ श्रावण २०८०, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । नेपाल राष्ट्र बैंकले ५० लाखसम्मको सेयर धितो कर्जामा १०० प्रतिशत जोखिम भार कायम गरेको छ ।

राष्ट्र बैंकले ‘क’, ‘ख’ र ‘ग’ वर्गका वित्तीय संस्थाका लागि जारी गरिएको एकीकृत निर्देशन २०७९ परिर्जानन गर्दै ५० लाखसम्मको सेयर धितो कर्जामा १०० प्रतिशत जोखिम भार कामय गरेको हो । यसअघि २५ लाखसम्मको सेयर धितो कर्जामा मात्रै १०० प्रतिशत जोखिम भार रहेकोमा अब भने ५० लाख रुपैयाँसम्मको सेयर कितो कर्जाको जोखिम भार १०० प्रतिशत हुने भएको छ ।

त्यस्तै, राष्ट्र बैंकले ५० लाखभन्दा माथिको सेयर धितो कर्जामा १५० प्रतिशत जोखिम भार कायम गरेको छ ।

राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा नै सेयर धितो कर्जाको जोखिम भार पुनरावलोकन गरिने बताएको थियो । सोही व्यवस्थाको कार्यान्वयनका लागि राष्ट्र बैंकले शुक्रबार निर्देशन जारी गरेको हो ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: