×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बचतकर्ताको १४ अर्ब हिनामिना गर्ने शिवशिखरको कार्यालय घरधनीले खाली गराए, सामान निकालेर ताला लगाए !

PRIME CA

बचतकर्ताको १४ अर्ब हिनामिना गर्ने शिवशिखरको कार्यालय घरधनीले खाली गराए, सामान निकालेर ताला लगाए !

२२ असार २०८०, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । शिव शिखर बहुउद्धेश्यीय सहकार संस्थाले भाडामा लिएको भवन खाली गराइएको छ । सहकारीको बुटवलस्थित कार्यालय र सोही भवनमा रहेको गार्डेन मार्ट डिपार्टमेन्ट स्टोर घरधनीले खाली गराएका हुन् ।

सार्वजनिक सूचना प्रकाशित लगायतका प्रक्रिया पूरा गरी पटकपटक घर खाली गर्न अनुरोध गर्दा पनि खाली नगरेपछि स्थानीय जनप्रतिनिधि, प्रहरी र पत्रकारको रहोवरमा भवन खाली गराएको घरधनी इश्वर मल्लले बताएका छन् । मल्लका अनुसार मासिक ४ लाख भाडा पाउने गरी शिव शिखर सहकारी र डिपार्टमेन्ट स्टोरका लागि २०७८ असार ४ गते घर भाडामा दिएका थिए ।

तर, घर भाडामा दिएको एकवर्षमै सहकारीले घर भाडा, विद्युत् र पानीको शुल्क नतिरेपछि र सँगै सहकारीमा समस्या आएपछि घर खाली गराउन कानुनी पक्रियामा गएको मल्लको भनाई छ ।

शिव शिखरले बुटवल उपहामहनगर-१०, योगीकुटीमा रकम जम्मा गर्ने काउन्टरसँगै डिपार्टमेन्टल स्टोर्स पनि सञ्चालन गरेको थियो । तर, सहकारी नै समस्यमा परेपछि घरधनीले सहकारीका सबै सामान अन्डरग्राउण्ड तलामा भण्डारण गरी घर खाली गराएका हुन् ।

शिव शिखर सहकारीले बचतकर्ताको १४ अर्ब रुपैयाँभन्दा बढी रकम अपचलन गरेको आरोपमा पूर्वअध्यक्ष केदारनाथ शर्मासहित सञ्चालकहरु पक्राउ परिसकेका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: