×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्धारा ब्याजदर नीति उल्लंघन, राष्ट्र बैंकले सचेत गराएपछि बल्ल सच्यायो

PRIME CA

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्धारा ब्याजदर नीति उल्लंघन, राष्ट्र बैंकले सचेत गराएपछि बल्ल सच्यायो

अर्थ सरोकार

प्रकाशित मिति : १ श्रावण २०८०, सोमबार

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले नेपाल राष्ट्र बैंकको ब्याजदर नीति उल्लंघन गरेको पाइएको छ । राष्ट्र बैंकको ब्याजदर नीति अनुसार एक पटकमा ब्याजदर १० प्रतिशतभन्दा घटाउन नपाइने भए पनि स्ट्याण्डर्ड चार्टर्ड बैंकले भने त्यो भन्दा बढीले ब्याजदर घटाएको हो ।

बैंकले असार ३१ गते एक सूचना जारी गर्दै नयाँ ब्याजदरबारे जानकारी गराएको थियो । जसअनुसार बैंकले साधारण बचततर्फका एक्सेस प्लस, किडी बैंक, स्ट्यान्डर्ड चार्टर्ड वुमन र सेयरहोल्डर अकाउन्टमा ४.८५ प्रतिशत ब्याजदर सार्वजनिक गरेकोमा साउन १ गते पुनः अर्को सूचना निकालेर ४.९७ प्रतिशत बनाएको छ ।

त्यस्तै, सिनियर सिटिजन र नर्मल सेभिङ खाताको ब्याजदर असार ३१ गते ५.८ प्रतिशत सार्वजनिक गरिएकोमा साउन १ गते सच्याएर ५.९२ पुर्याइएको छ । पे रोल प्लस एकाउन्ट र अमूल्य बचत खातामा बैंकले हिजो ६.४४ प्रतिशत ब्याज दिने जनाएकोमा आज बढाएर ६.५६ र स्पेसल सेभिङ एकाउन्टमा ६.४५ बाट बढाएर ६.५७ बनाइएको छ । बैंकले रेमिट्यान्स सेभिङ एकाउन्टको ब्याजदर पनि बढाएको छ । असार ३१ गते ७.४५ प्रतिशत ब्याजदर सार्वजनिक गरेको बैंकले साउन १ गते ७.५७ पुर्याएको हो ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: