×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेयर बजारमा डुबेँ भन्ने लगानीकर्तालाई हिरोसिमाको उदाहरण दिँदै जापानबाट सेयर गुरुको यस्तो सुझाव… (भिडियो)

PRIME CA

सेयर बजारमा डुबेँ भन्ने लगानीकर्तालाई हिरोसिमाको उदाहरण दिँदै जापानबाट सेयर गुरुको यस्तो सुझाव… (भिडियो)

२९ असार २०८०, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

जापान । अगस्ट ६ सन् १९४५ मा अमेरिकाले एटम बम खसालेपछि हिरोसिमा ध्वस्तप्राय हुँदा हिरोसिमा फेरी उठ्नेछ भन्ने सायदैले सोचेका थिए होलान् । तर, अहिले हिरोसिमा फरक छ, विकसित छ । हो, समय सधैं उही हुँदैन र समय गलत हुँदा आत्तिनु हुँदैन भन्ने उदाहरण स्वयम् हिरोसिमा हो । र त हिरोसिमा पुगेपछि जीवनको यही सत्य सम्झन्छन् धेरैले ।

सेयर तालिमका क्रममा हिरोसिमा पुगेका सेयर गुरु सुबासचन्द्र भट्टराईले पनि हिरोसिमाकै उदाहरण दिंदै बियरिस बजारमा सेयर लगानीकर्तालाई नआत्तिन भनेका छन् । ‘अमेरिकाले बम हान्दा ध्वस्त भएको जापान त अहिले यस्तो भएको छ भने हामी किन आत्तिने ? हामीलाई न कसैले बम हानेको छ, न हामीले केही गरेका छौँ । हामीले त ३२०० मा सेयर किनेका मात्रै हौँ ।’, उनले भने, ‘यदी त्यसबेला जापानले हिम्मत हारेको भए आज जापान यति सुन्दर हुन्थेन । त्यसैले सेयर बजारमा डुबेँ भन्नेहरु आत्तिनु हुँदैन राम्रो दिन अवश्य आउँछ ।’

त्यस्तै, सेयर गुरु भट्टराईले जापानमा रहेर सेयर बजार सिक्न चाहने नेपालीहरुलाई इन्भेष्टर बन्न आग्रह गरेका छन् । जापानमा रहेका नेपालीहरुलाई लक्षित गर्दै सेयर गुरु भट्टराईले भने– ‘तपाईहरुको दैनिकी एकदमै व्यस्त छ, ट्रेडर बन्न सक्नुहुन्न । ट्रेडर बन्नका लागि बजारमा एकदमै धेरै समय दिनुपर्छ तर त्यो तपाईहरुको लागि सम्भव छैन ।’, भट्टराईले भने, ‘तर, तपाईहरु असल इन्भेष्टर बन्न सक्नुहुन्छ । महिनाभर जति कमाउनुहुन्छ त्यसको ५० प्रतिशत बचत गरेर स्टक किन्दै जानुस्, १० वर्षपछि तपाईंको पोर्टफोलियो अत्यन्तै सुन्दर हुनेछ ।

(जापानको हिरोसिमाबाट सहकर्मी सुरज प्याकुरेलले सेयरगुरु भट्टराईसँग गरेको कुराकानी)

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: