×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

तस्करीको १०० किलो सुन प्रत्यक्ष प्रशारण मार्फत गलाइने !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

तस्करीको १०० किलो सुन प्रत्यक्ष प्रशारण मार्फत गलाइने !

Artha Sarokar

११ श्रावण २०८०, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । त्रिभुवन विमानस्थल परिसरबाट बरामद गरिएको १०० किलो सुन प्रत्यक्ष प्रशारण मार्फत गालिने भएको छ । स्कुटरको ‘ब्रेक शु’मा लुकाएर तस्करी गरिएको सुन छुट्याएर यकिन गर्दाको प्रक्रिया प्रत्यक्ष प्रसारण गरिने भएको हो ।

उक्त सुन तस्करी हालसम्मै ठूलो भएकोले तस्करीमा तस्करहरुले अपनाएको विधीबारे जानकारी दिनका लागि प्रत्यक्ष प्रशारण गरिने भएको राजस्व अनुसन्धान विभागका एक उच्च अधिकारीले बताएका छन् ।

‘यो तस्करी अहिलेसम्मकै ठूलो हो । उक्त तस्करीमा तस्करले स्कुटरको ‘ब्रेक शु’मा लुकाएर सुन ल्याएका छन् । घटना र लुकाइएको सुनको अवस्थाका बारेमा जानकारी दिन सुन गाल्ने प्रक्रिया लाईभ गर्ने तयारी गरेका हौँ ।’, विभागका एक उच्च अधिकारीले भने, ‘यसका लागि राष्ट्र बैंकको टक्सार विभागसँग पनि छलफल भइसकेको छ ।’

सुन गाल्ने प्रक्रियाका बारेमा सम्पूर्ण तयारी भए पनि प्रधानमन्त्रीसँग छलफल गर्न बाँकी रहेकोले प्रधानमन्त्री विदेश भ्रमणबाट फर्किएपछि छलफल गर्ने र सुन गाल्ने दुवै प्रक्रिया अघि बढाउने विभागका ती अधिकारीले बताएका छन् ।

विभागले साउन २ गते विमानस्थलबाट अवैध रुपमा छिराइएको १०० किलो सुनसहित २ जनालाई सिनामंगलबाट पक्राउ गरेको थियो । हालसम्म उक्त प्रकरणमा विभागले चिनियाँ नागरिकसहित १७ जनालाई पक्राउ गरिसकेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी