काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । समितिले बिहीबारका लागि सार्वजनिक गरेको मूल्यसूची अनुसार काउली र गाजरको मूल्यमा निकै बृद्धि भएको हो ।
तरकारी बजारले सार्वजनिक गरेको मूल्य सूची अनुसार बुधबारको तुलनामा गाजरको मूल्यमा ३० रुपैयाँ बृद्धि भएको छ । प्रतिकेजी ८० रुपैयाँ रहेको गाजरको बिहीबार ११० रुपैयाँ न्युनतम मूल्य निर्धारण गरिएको छ । काउलीमा पनि प्रतिकेजी २० रुपैयाँ बृद्धि भएको छ । स्थानीय काउली प्रतिकेजी २० रुपैयाँले बढेर आज ८० रुपैयाँमा किनबेच भैरहेको छ ।
त्यस्तै, लोकल सानो गोलभेँडाको मूल्य १० रुपैयाँ घटेर ३५ रुपैयाँमा किनबेच भईरहेको छ । ठूलो गोलभेँडाको न्युनतम प्रतिकेजी ८० रुपैयाँ रहेको छ । समितिका अनुसार रातो आलु नेपाली प्रतिकेजी ४६ रुपैयाँ मूल्य निर्धारण गरेको छ भने सेतो आलुको मूल्य ३५ रुपैयाँ न्यूनतम मूल्य राखेको छ । भारतीय सुकेको प्याज ५० रुपैयाँ न्युनतम मूल्य निर्धारण गर्दा लोकल बन्दाको भाउ प्रतिकेजी १० रुपैयाँ रहेको छ ।
साथै, घिउ सिमी लोकल ४०, मूला रातो ३०, मूला सेतो लोकल २५, भन्टा लाम्चो ४०, मकै बोडी ५०, भटमास कोशा ८०, तितो करेला ४०, लौका ५०, परवल ३५, फर्सी पाकेको४० हरियो फर्सी (डल्लो) ४०, कन्ने च्याउ १६०, डल्ले च्याउ ३४०, काँक्रो लोकल ७०,कुरीलो २५० र स्कूस ५० रुपैयाँ प्रतिकेजीमा खरीद बिक्री भैरहेको छ । रायोको साग प्रतिकेजी ७० रुपैयाँ, तोरीको साग प्रतिकेजी ५० रुपैयाँ,हरीयो प्याज ९० रुपैयाँ न्युनतम मूल्य रहेको छ ।
यता, फलफूमा केरा दर्जन १५० रुपैयाँ तोकिएको छ भने फूजी स्याउ प्रतिकेजी ३५० पुगेको छ । कागती ११०, अनार ३८०, आँप मालदह १५०, अंगुर कालो ५५०,तरबुजा हरियो ८०, मौसम २२०, किवि ८००, मेवा ९० रुपैयाँ प्रतिकेजी तोकिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्