काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार आइतबार नेपाली ठूलो गोडभेँडाको मूल्य १०० रुपैयाँ रहेको छ । लोकल सानो गोलभेँडाको मूल्य भने १५ रुपैयाँले बढेर ५० रुपैयाँ कायम छ । रातो आलु ४८ रुपैयाँ र सेतो आलुको न्यूनतम मूल्य ३४ रुपैयाँ रहेको छ ।
समितिका अनुसार स्थानीय काउली ७० रुपैयाँ, गाजर, ११० रुपैयाँ, घिउ सिमी लोकल ३०, मुला रातो ३०, मुला सेतो लोकल १५, भन्टा लाम्चो २५, मकै बोडी ५०, भटमासकोशा ९०, तितो करेला ५०, लौका ४०, परवल ३०, फर्सी पाकेको ४० हरियो फर्सी (डल्लो) ६०, कन्ने च्याउ १५०, डल्ले च्याउ ३५०, काँक्रो लोकल ४०, कुरीलो ४०० र स्कूस ६० रुपैयाँ प्रतिकेजीमा खरीद बिक्री भईरहेको छ । रायोको साग प्रतिकेजी ६० रुपैयाँ, तोरीको साग प्रतिकेजी ५० रुपैयाँ, हरीयो प्याज ८० रुपैयाँ न्युनतम मूल्य रहेको छ ।
त्यस्तै,फलफूमा केरा दर्जनको १४० रुपैयाँ, फूजी स्याउ प्रतिकेजी ३५०, कागती १३० रुपैयाँमा विक्रि भईरहेको छ । अनार ३०० रुपैयाँ, आँप मालदह १६०, अंगुर कालोको ५३० रुपैयाँ मूल्य तोकिएको छ । तरबुजा हरियो ८०, मौसम २२०, किवि ८००, मेवा ९० रुपैयाँ र नासपाति लोकल ७० रुपैयाँ न्युनतम मूल्य प्रतिकेजी तोकिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्