काठमाडौं । ललितपुरमा अपांगता भएका व्यक्तिहरुलाई सहायता सामाग्री हस्तान्तरण गरिएको छ । ललितपुरको ग्वार्कोस्थित केज टोटल फिटनेसमा सोमबार एक कार्यक्रमकाबीच राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले फरक क्षमता भएका व्यक्तिहरुलाई १५ वटा ह्वीलचियर वितरण गरेको हो।
राप्रपाद्वारा आयोजित उक्त कार्यक्रमलाई पिपुल एड इन्टरनेशलन युकले प्रायोजन गरेको हो । कार्यक्रममा सहभागी अपांगता भएका व्यक्तिहरुलाई राप्रपाको ललितपुर जिल्ला समिति अध्यक्ष अष्ट मर्हजनले ह्वीलचियर हस्तान्तरण गरेका हुन् । ह्वीलचियर हस्तान्तरण गर्दै उनले सामाजिक उत्तरदायित्व वहन गर्दै अशक्त तथा असहायलाई सहयोग गर्न पाएको भन्दै खुसि व्यक्त गरेका छन् । त्यस्तै, उनले आगामी दिनमा पनि फरक क्षमता भएकाहरुको लागि विभिन्न कार्यक्रम ल्याउने प्रतिवद्दता समेत जनाएका छन् ।
त्यस्तै, कार्यक्रममा बोल्दै राप्रपाका केन्द्रिय सदस्य तथा समाजसेवी उज्वल श्रेष्ठले आफूले गरेको सो कामबाट अन्य व्यक्तिहरुलाई पनि प्रेरित हुने विश्वास व्यक्त गरेका छन् । यसका साथै उनले फरक क्षमता भएका व्यक्तिहरुलाई सबैले सहयोग गर्नुपर्ने र सबैमा सहयोगको भावना उत्प्रेरित हुन आवस्यक रहेको समेत बताएका छन् । ‘धेरैलाई सामाजसेवा गर्न मन लागिरहेको हुन्छ । तर माध्यम पाइरहेको हुँदैन । त्यसकारण त्यो माध्यम हामी बन्छौँ ।’, उनले भने, ‘फरक क्षमता भएका व्यक्तिहरुलाई हामी सबै मिलेर सहयोग गर्नुपर्छ। त्यसकारण मैले यो कार्यक्रमको सुरुवात गरेको हुँ ।’
यस्तै कार्यक्रममा पिपुल एड इन्टरनेशलन युकेका अध्ययक्ष जहाँगिर फिरोजले नेपालमा आएर सो कार्य गर्न पाउँदा धेरै खुसी भएको बताएका छन् । यस्तै उक्त कार्यक्रममा विशेष अतिथिको रुपमा कलाकार पूजा शर्मा र शिल्पा मास्के सहभागी भएका थिए । बाँकी फोटो फिचरमा हेर्नुहोस:




Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्