×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ललिता निवास प्रकरणः पूर्वउपप्रधानमन्त्री विजय गच्छदारसहित ४ पूर्वमन्त्रीविरुद्ध पक्राउ पूर्जी जारी

अर्थ सरोकार

प्रकाशित मिति : २२ श्रावण २०८०, सोमबार

PRIME CA

ललिता निवास प्रकरणः पूर्वउपप्रधानमन्त्री विजय गच्छदारसहित ४ पूर्वमन्त्रीविरुद्ध पक्राउ पूर्जी जारी

काठमाडौं । ललिता निवास प्रकरणमा पूर्वउपप्रधान एवम् भौतिक योजना मन्त्री विजय कुमार गच्छदारसहित ४ पूर्वमन्त्रीविरुद्ध पक्राउ पूर्जी जारी गरेको छ । संगठित अपराधमा संलग्न रहेको आरोपमा उनीहरुविरुद्ध पक्राउ पूर्जी जारी भएको प्रहरी स्रोतले बताएको छ ।

पूर्वमन्त्री गच्छदारसहित पक्राउ पूर्जी जारी हुनेमा राज्यमन्त्री सञ्जयकुमार शाह, पूर्वभूमि सुधार मन्त्री चन्द्रदेव जोशी र डम्बर श्रेष्ठ रहेका छन् ।

केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले उक्त प्रकरणमा ४ पूर्वसचिवसहित ४ सय ६ जनाविरुद्ध पक्राउ पूर्जी लिईसकेको छ । बालुवाटारस्थित ११२ रोपनी ४ आना एक पैसा जग्गा हिनामिना प्रकरणमा चारवटा मुद्धामा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: