काठमाडौं । अर्थ सरोकार डटकमको सातौँ वार्षिकोत्सव समारोह सम्पन्न भएको छ । काठमाडौंको ठमेलस्थित होटल एलफ्टमा एक कार्यक्रमकाबीच अर्थ सरोकारको सातौँ वार्षिकोत्सव भव्य रुपमा मनाइएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले अर्थ सरोकारलाई सातौँ वार्षिकोत्सवको अवसरमा बधाई तथा शुभकामना दिएका थिए । आर्थिक पत्रकारिता क्षेत्रमा अर्थ सरोकारले खेलेको भूमिकाको प्रशंसा गर्दै मन्त्री मोदीले आगामी दिनमा थप प्रगतिका साथै सशक्त बनोस् भन्ने शुभेक्षासमेत व्यक्त गरेका छन् ।
कार्यक्रमका विशिष्ट अतिथि नियामक नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले वार्षिकोत्सवको शुभकामना दिँदै अर्थ सरोकारको उत्तरोत्तर प्रगतिको कामना गरेका छन् । नेपालको पूँजी बजार सुधार र विस्तारका क्षेत्रमा अर्थ सरोकारको भूमिकाको अध्यक्ष हमालले तारिफ गरेका थिए । त्यस्तै, कार्यक्रममा अग्रज लगानीकर्ता निर्मल प्रधान, छोटेलाल रौनियार, सुवासचन्द्र भट्टराईले पनि वार्षिकोत्सवको अवसरमा बधाई तथा शुभकामना ज्ञापन गरेका थिए ।
त्यस्तै, कार्यक्रममा आर्थिक मिडिया सञ्चालक संघ (इमान)का अध्यक्ष रोयल आचार्यले अर्थ सरोकारलाई वार्षिकोत्वको शुभकामना दिँदै मुलुकको आर्थिक समृद्धिका लागि सञ्चार क्षेत्रको पनि सकारात्मक भूमिका हुने बताएका थिए । कार्यक्रममा लगानीकता शिवचन्द्र, नवराज बुर्लाकोटी, अम्बिका पौडेल, इन्भेष्टर फोरमका अध्यक्ष तुलसीराम ढकाल लगायत सेयर कारोबारीहरुको उपस्थिति रहेको थियो । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः







Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्