×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘गरिबको चमेली बोल्दिने कोहि छैन’ भन्दै काठमाडौंमा सडक व्यापारीको प्रदर्शन (फोटो-कथा)

PRIME CA

‘गरिबको चमेली बोल्दिने कोहि छैन’ भन्दै काठमाडौंमा सडक व्यापारीको प्रदर्शन (फोटो-कथा)

३ भाद्र २०८०, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । काठमाडौं महानगरपालीकाले सडक व्यापारीहरुलाई बिस्थापन गर्न खोजेको भन्दै व्यवसायीहरु आन्दोलनमा उत्रिएका छन् । सडक व्यापार गर्ने साना व्यवसायीहरुले महानगरपालीकाको कदमबिरुद्ध आईतवार काठमाडौंमा प्रदर्शन गरेका हुन् ।

काठमाडौं महानगरले जबरजस्ती विस्थापन गर्न खोजेको भन्दै साईकल, ठेलागाडा, फुटपाथमा व्यवसाय गर्ने व्यवसायीहरु र केही सर्वसाधारण आन्दोलनमा उत्रिएका छन् । व्यवसायीको आन्दोलनमा सहभागी कानून व्यवसायी सुविन मुल्मीले काठमाडौं महानगरले सडक व्यापारीहरुलाई गरिखान नदिएको बताएका छन् । गैरकानूनी रुपमा व्यवसायीहरुको सामान महानगरले खोसेको भन्दै कानूनी रुपमा नै उनीहरुको समुचित व्यवस्थापन गर्नुपर्ने मुल्मीले माग गरेका छन् । त्यस्तै, उनले सडक व्यापारलाई कानूनले रोकेको अवस्था नरहेको समेत बताएका छन् ।

निर्वाचित हुनअघि गरिब तथा सडक व्यापारीहरुकै मुद्धालाई घोषणापत्रमा समावेश गरी निर्वाचित भए पनि निर्वाचित भईसकेपछि उल्टै गरिब तथा सडक व्यापारीलाई दुख दिने काम भएको मुल्मीले बताएका छन् । काठमाडौंका मेयर बालेन्द्र शाह (बालेन) र उपमेयर सुनिता डंगोलप्रति जनताको अपेक्षा ठूलो भएकोले ध्यानाकर्षण गराउन आन्दोलन गरेको मुल्मीको भनाई रहेको छ ।

त्यस्तै, मेयर शाहले काठमाडौंको सौन्दर्यता र शैक्षिक स्तर सुधार, स्वास्थ्य क्षेत्रको विकृति निर्मूल पार्न देखाएको अग्रसरताको प्रशंसा गर्दै व्यवसायी मुल्मीले सडक व्यापारीको स्थानान्तरण तथा व्यवस्थापनमा भने मेयर शाहले बाटो बिराएको हो कि ? भन्ने लागेर प्रदर्शन गरेको बताएका छन् । प्रदशनमा उनीहरुले ‘शहर सबैका लागि की धनीका लागि मात्रै ?’, ‘लुटेको सामान फिर्ता गर’, ‘सामान खोस्न पाइदैन’, र ‘गरी खान देउ’ लगायतका नारा लगाएका थिए । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: