काठमाडौं । श्री एयरको विमानमा चरा ठोकिएपछि बन्द भएको त्रिभुवन विमानस्थलको धावनमार्ग सञ्चालनमा आएको छ । आइतबार विमानमा चरा ठोकिएपछि बन्द भएको धावनमार्ग केहीबेरमै सञ्चालनमा आएको हो ।
विमानमा चरा ठोकिएपछि धावनमार्ग बन्द गरी ठोकिएको चरा खोजी गरिएको थियो । खोजीका क्रममा टुक्रटुक्रा भएको अवस्थामा परेवा फेला परेको थियो ।
विमानसँग ठोकिएको चरा फेला परेलगत्तै पुनः विमानस्थल सञ्चालनमा आएको विमानस्थलले जनाएको छ । चरा ठोकिएको श्रीएयरको जहाजमा कुनै क्षति नपुगेको र यात्रुहरु सकुशल रहेको विमानस्थलले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्