×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ब्याज बढाएर सरकारलाई असहयोग गरेको भन्दै ३ बैंकसँग अर्थमन्त्री रुष्ट, ‘मन्त्रालयमै बोलाएर थर्काए’

PRIME CA
GLOBAL IME BANK

ब्याज बढाएर सरकारलाई असहयोग गरेको भन्दै ३ बैंकसँग अर्थमन्त्री रुष्ट, ‘मन्त्रालयमै बोलाएर थर्काए’

३ भाद्र २०८०, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । नीति विपरित ब्याजदर बढाएको भन्दै तीन सरकारी बैंकसँग अर्थमन्त्री डा.प्रकाशशरण महत रुष्ट बनेका छन् । भदौ महिनामा ब्याज बढाएको भन्दै सरकारी बैंक (कृषि विकास बैंक, राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंक)सँग अर्थमन्त्री डा.महत रुष्ट बनेका हुन् ।

पछिल्लो समय देशको आर्थतन्त्र चलायमान राख्नका लागि सरकारले बलियो नीति लिईरहेका बेला सरकारी बैंकहरुले नै नीति विपरित ब्याजदर बढाउनु गलत भएको अर्थमन्त्रीको भनाई छ । ‘सरकार नीति र बजारको माग बैंकको ब्याजदर घटोस् भन्ने नै छ । सरकारी बैंकले नै नीति विपरित ब्याजदर बढाउँनु ठिक भएन ।’, अर्थमन्त्रीको भनाईलाई उदृत गर्दै एक बैंकका सीईओले भने, ‘सरकारी बैंकबाट नै सरकारलाई असयोग भयो । यसमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ ।’

हाल बैंकिङ प्रणालीमा प्रयाप्त तरलता भएको र वाणिज्य बैंकहरुबीच भएको भद्र सहमति पनि खारेज भएको अवस्थामा निजी क्षेत्रका बैंकको भन्दा सरकारी बैंकको ब्याजदर बढी भएको भन्दै अर्थमन्त्री डा.महत तीन वटै सरकारी बैंकका सीईओहरुसँग रिसाएका थिए ।

ब्याजदर बढाएर सरकारलाई असहयोग गरेको भन्दै रिसाएका अर्थमन्त्री महतले तीन वटै बैंकका सीईओहरुलाई अर्थमन्त्रालयमै बोलाएर थर्काएको एक बैंकका सीईओले बताएका छन् । ‘ब्याजदरका विषयमा छलफल गुर्नछ भनेर अर्थमन्त्री ज्यूले बोलाउनु भयो । ब्याजदरका विषयमा लामै छलफल पनि भयो । यसैबीच सरकारको नीतिलाई सरकारी बैंकले नै असहयोग गरेको भन्दै उहाँले थर्काउनु पनि भयो ।’, ती सीईओले भने, ‘पछि हामीले हाम्रा कुरा राखेपछि केही पनि शान्त हुनुभयो । तर, हाम्रो नीति सरकारलाई असहयोग गर्ने थिएन ।’

अर्थमन्त्रीसँगको छलफलमा तीनवटै सरकारी बैंकका सीईओ किरणकुमार श्रेष्ठ, कृष्ण बहादुर अधिकारी र गोबिन्द गुरुङ उपस्थित भएका थिए । नीति विपरित ब्याजदर बढाएको भन्दै अर्थमन्त्री रिसाएपछि उनीहरुले बाध्यात्मक परिस्थितिका कारण ब्याजदर बढाएको जवाफ दिएका थिए ।

‘भद्र सहमति खारेज भएपछि हामीले पहिलो महिना ब्याजदर बढाएका थिएनौँ । तर, निजी क्षेत्रका वाणिज्य बैंकहरुले ब्याजदर बढाएपछि निक्षेपकर्ता तितरवितर हुन थालेपछि हामीले पनि ब्याजदर बढाएका हौँ ।’, एक बैंकका सीईओले भने, ‘निक्षेप नखोसियोस् भन्ने लागेर ब्याजदर बढाएका थियौँ । तर, अर्थमन्त्री ज्यू साह्रै रिसाउनुभयो । हाम्रो पनि प्रयास सरकारको नीतिमा सहयोग गर्ने नै हो । तर बाध्य भएर ब्याजदर बढायौँ ।’

त्यस्तै, सीईओहरुले सरकारलाई सहयोग गर्न तयार रहेको प्रतिवद्धता अर्थमन्त्रीसमक्ष गरेका छन् । योसँगै अर्थमन्त्री डा.महतले निक्षेपको ब्याजदर बढाए पनि कर्जाको ब्याजदर भने नबढाउन तीनवटै सरकारी बैंकका सीईओहरुलाई ठाडो निर्देशन दिएका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: