काठमाडौँ । अर्थमन्त्री डा. प्रकाश शरण महतले आर्थिक वातावरण सिर्जना गर्न अर्थ सरोकारले भूमिका खेल्नेमा आफुले विश्वास लिएको बताएका छन् । अर्थ सरोकार डटकमको सातौँ बार्षिकोत्सवको अवसरमा शुभकामना सन्देश दिंदै अर्थमन्त्री महतले यस्तो बताएका हुन् ।
अर्थतन्त्रमा देखिएका अनियमितता, अनुशासनहिनता एवं दण्डहीनताका विरुद्ध कलम चलाउनुका साथै सरकार र निजी क्षेत्रले सुरु गरेका समग्र आर्थिक सुधारका क्रियाकलापहरुलाई आम सर्वसाधारण समक्ष सम्प्रेषण गरी सकारात्मक आर्थिक वातावरण सिर्जना गर्नुसमेत आर्थिक पत्रकारिताको मुख्य कर्तव्य रहेको बताउँदै उनले यस दिशामा अर्थ सरोकार डटकमले आगामी दिनमासमेत अझ परिस्कृत रुपमा भूमिका निर्माण गर्नेछ भन्ने विश्वास आफुले लिएको बताएका छन् ।
सातौँ बार्षिकोत्सवको अवसरमा अर्थ सरोकारलाई अर्थमन्त्रीको शुभकामनाः
शुभकामना
शुभम् मिडिया प्रालीद्वारा सञ्चालित यस अर्थ सरोकार डटकम आफ्नो स्थापनाको आठौं वर्षमा प्रवेश गरेकोमा हार्दिक शुभकामना व्यक्त गर्दछु । यस अर्थ सरोकार डटकमले आर्थिक पत्रकारिताको माध्यमबाट देश, जनता र मुलुकको आर्थिक सुव्यवस्थाका लागि चलाउदै आएको कलमको म प्रशंसा गर्न चाहान्छु ।
स्वतन्त्र पत्रकारिताले सदैव देश, जनता एवं सुशासनको पक्षपोषण गर्नु पर्दछ । अर्थतन्त्रमा देखिएका अनियमितता, अनुशासनहिनता एवं दण्डहिनताका विरूद्ध कलम चलाउनुका साथै सरकार र निजी क्षेत्रले गुरू गरेका समग्र आर्थिक सुधारका क्रियाकलापहरूलाई आम सर्वसाधारण समक्ष संप्रेषण गरी सकारात्मक आर्थिक वातावरण सिर्जना गर्नु समेत आर्थिक पत्रकारिताको मुख्य कर्तव्य हो । यस दिशामा यो अनलाईन पत्रिकाले आगामी दिनमा समेत अझ परिष्कृत भूमिमा निर्वाह गर्नेछ भन्ने विश्वास लिएको छु ।
अन्त्यमा, आर्थिक सूचनाको विषयमा समाजप्रति उत्तरदायित्व लिँदै निष्पक्ष र विश्वसनीय आर्थिक समाचार मार्फत वित्तीय चेतना अभिवृद्धि गर्न, एवं युवाहरूमा उद्यमशीलता विकास गराउन अर्थ सरोकार डटकम आगामी दिनमा समेत सफल हुँदै जानेछ भन्ने आशा लिंदै आठौं वार्षिकोत्सवका अवसरमा पुनः हार्दिक शुभकामना व्यक्त गर्दछु ।
डा.प्रकाश शरण महत
अर्थमन्त्री

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्