×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल भित्रियो जर्मनीको विलासी कार ‘अउडी’ (फोटो-कथा)

PRIME CA

नेपाल भित्रियो जर्मनीको विलासी कार ‘अउडी’ (फोटो-कथा)

८ भाद्र २०८०, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । जर्मनी विलासी कार ‘अउडी’ आधिकारिक रुपमा नेपाल भित्रिएको छ । शुक्रबार काठमाडौं आयेजित कार्यक्रम मार्फत ‘अउडी’ उत्पादन गरेका विद्युतीय कार नेपाली बजारमा आएको जानकारी दिएको हो ।

काइरोस इन्टरनेसनल काठमाडौंले ‘अउडी’का विद्युतीय कार आधिकारिक बक्रेताको रूपमा ल्याएको हो । सुरूमा कम्पनीले ‘अउडी’का क्यू फोर ३५ का दुई भेरियन्ट नेपाल ल्याएको छ । सुरुवाती चरणमा काइरोसले ‘अउडी’का क्यू फोर ३५ ई-ट्रोनको दुई भेरियन्ट ल्याएको छ। यो विद्युतीय ५५ किलोवाट आवरको लिथियम आयन ब्याट्री प्याक रहेको छ। उक्त कारमा रहेको मोटरको पिकपार १ सय २५ किलोव रहेको छ ।

‘अउडी’को यो कारले एक पटकको फुल चार्जमा ३ सय ४९ किलोटिर रेन्ज रहेको डब्लूएलटीपीले प्रमाणित गरेको छ । ‘अउडी’को विद्युतीय कार उत्कृष्ट वशेषतायुक्त रेहको विश्वका विभिन्न देशमा ‘अउडी’ को ई-ट्रोन सेगमेन्टमा विद्युतीय कारको निक्कै चर्चा हुने गरेको पाईन्छ । जर्मनीमा उत्पादित उच्च गुणस्तरीय विद्युतीय कार नेपाली उपभोक्तालाई उपलब्ध गराउने उद्देश्यले काइरोसले ‘अउडी’का विद्युतीय कार नेपाल भित्र्याएको छ । सुरुमा २ मोडल भित्र्याएको कम्पनीले ‘अउडी’का अन्य मोडलका विद्युतीय कार पनि उपलब्ध हुने गराउने छ । विद्युतीय कार भित्र्याएसँगै कम्पनीले उच्च स्तरीय सर्भिस उपलब्ध गराउन तयारी थालिसकेको छ ।

काइरोसले उपलब्ध गराएको ‘अउडी’का क्यू फोर ३५ ई-ट्रोनको नेपाली बजार मूल्य १ करोड ४५ लाख रुपैयाँ तोकिएको छ । त्यस्तै ‘अउडी’का क्यू फोर ३५ ई–ट्रोन स्पोर्टब्याक भेरियन्टको मूल्य भने १ करोड ५० लाख रुपैयाँमा तोकिएको छ । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: