×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘स्थानीय तहको पैसा बैंकिङ प्रणालीमा फिर्ता आए ब्याजदर घट्न सघाउ पुग्छ’- बैंकर्स संघ

PRIME CA

‘स्थानीय तहको पैसा बैंकिङ प्रणालीमा फिर्ता आए ब्याजदर घट्न सघाउ पुग्छ’- बैंकर्स संघ

१२ भाद्र २०८०, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । नेपाल बैंकर्स संघले स्थानीय तहको पैसा बैंकिङ प्रणालीमा जम्मा गर्न दिने हो भने ब्याजदर घट्ने बताएको छ । मंगलबार संघले आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै संघका अध्यक्ष सुनिल केसीले स्थानीय तहको पैसा बैंकिङ प्रणालीमा आउनेबित्तिकै ब्याजदर घट्न सघाउन पुग्ने बताएका हुन् ।

सरकारले स्थानीय तहको पैसा एक्कासी बैंकिङ प्रणालीबाट तान्दा मर्का परेको संघको निष्कर्ष छ । ‘सरकारले हालै बैंकिङ प्रणालीबाट स्थानीय तहको करिब ९० अर्ब रुपैयाँ तानेको छ । एक्कासी समय नै नदिई बैंकिङ प्रणालीबाट पैसा तानिँदा समस्या परेकै हो ।’, बैंकर्स संघका अध्यक्ष केसीले भने, ‘फेरी अहिले ६० प्रतिशत पैसा बैंकिङ प्रणालीमै आउने कुरा छ । यसले ब्याजदर वृद्धि रोक्न सहयोग गर्छ ।’

भर्खरै मात्र बैंकर्स संघले ब्याजदर तय गर्ने विषयमा गरिएको भद्र सहमति खारेज गर्दै ब्याजदर तोक्ने विषयमा बैंकहरुलाई स्वतन्त्र छाडेको छ । यसले बैंकिङ प्रणालीमा प्रतिस्पर्धा बढाएको केसीले बताएका छन् । यद्यपि आगामी महिनामा अस्थिर अवस्था देखिएमा वा अस्वस्थ प्रतिस्पर्धा हुन थालेमा पुनः सहमति गरेर अघि बढ्नुपर्ने अवस्था आउन सक्ने केसीले बताएका छन् ।

त्यस्तै, केसीले हालै राष्ट्र बैंकले जारी गरेको चालु पुँजी कर्जाका संशोधित व्यवस्थाले उद्योग व्यवसायलाई सहजता दिने विश्वास व्यक्त गरेका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: