×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

फेरी घट्ने भयो ब्रोकर कमिसन !

PRIME CA

फेरी घट्ने भयो ब्रोकर कमिसन !

२५ श्रावण २०८०, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । नेपाल धितोपत्र बोर्डले ब्रोकर कमिसन घटाउने भएको छ । बोर्डले बजारको प्रतिष्पर्धालाई निष्पक्ष बनाउने र लगानीकर्ताको लागत कम गर्ने उद्धेश्यअनुसार ब्रोकर कमिसन घटाउने तयारी गरेको हो ।

धितोपत्र दलाल व्यवसायी शुल्क (ब्रोकर कमिसन) पुनरावलोकन गर्न बोर्डले अध्ययन गरिरहेको बोर्डका एक उच्च अधिकारीले बताएका छन् । ‘बोर्डले धितोपत्र दलाल व्यवसायी शुल्क पुनरावलोकन गर्न अध्ययन सुरु गरिसकेको छ ।’, ती अधिकारीले भने, ‘छिट्टै ब्रोकर कमिसन समयानुकुल पुनरावलोकन हुन्छ । बोर्ड जतिसक्दो लगानीकर्ताको लागत घटाउने पक्षमा छ ।’

हाल सेयर ब्रोकर हाउसहरुले कमिसनमा तल्लो र माथिल्लो सीमा निर्धारण गरेर शुल्क लिँदै आएका छन् । तर, अब भने बोर्डले अन्तराष्ट्रिय अभ्यासअनुसार ब्रोकर कमिसनको माथिल्लो सीमा कम गर्दै तल्लो सिमा खुला गर्ने तयारी गरेको हो ।

यसअघि धितोपत्र बोर्डले २०७७ पुस १० गते ब्रोकर कमिसन घटाएको थियो । त्यसबेला बोर्डले ०.४ प्रतिशतदेखि ०.६ प्रतिशतसम्म रहेको ब्रोकर कमिसनलाई ०.२७ प्रतिशतदेखि ०.४ प्रतिशतसम्म पुर्याएको थियो । जसअनुसार हाल ५० हजार रुपैयाँसम्मको कारोबारमा ०.४ प्रतिशत ब्रोकर कमिसन लाग्दै आएको छ भने ५० हजारदेखि ५ लाख रुपैयाँसम्मको कारोबारमा ०.३७ प्रतिशत शुल्क लाग्दै आएको छ । त्यस्तै, ५ लाखदेखि २० लाख रुपैयाँसम्मको कारोबारमा ०.३४ प्रतिशत, २० लाखदेखि १ करोड रुपैयाँसम्मको कारोबारमा ०.३० प्रतिशत र १ करोडभन्दा बढी रकमको कारोबार गर्दा ०.२७ प्रतिशत ब्रोकर कमिसन लाग्दै आएको छ ।

हाल नेपाली पूँजी बजारमा नयाँ ब्रोकर हाउसहरु पनि थपिने क्रम बढेकाले ब्रोकर कमिसनमा बोर्डले गर्न लागेको नयाँ व्यवस्था बजारमैत्री र प्रभावकारी हुनेमा विश्वास गरिएको छ । कमिसन घटाउँदा बजारमा हुने प्रतिष्पर्धा निष्पक्ष हुनुका साथै ब्रोकर कम्पनीहरुको गुणस्तर मापन पनि गर्न सहज हुनेछ । ब्रोकर कमिसन घट्ने भएपछि सेयर लगानीकर्ताहरु थप उत्साहित बनेका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: