×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

धितोपत्र बोर्डले थप ३ ब्रोकर कम्पनीलाई लाइसेन्स दियो

PRIME CA

धितोपत्र बोर्डले थप ३ ब्रोकर कम्पनीलाई लाइसेन्स दियो

२६ श्रावण २०८०, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । नियामक नेपाल धितोपत्र बोर्डले थप तीन ब्रोकर कम्पनीलाई लाइसेन्स दिएको छ । २४ गते बसेको बोर्डको सञ्चालक समितिको निर्णयअनुसार बोर्डले थप तीन ब्रोकर कम्पनीलाई लाइसेन्स दिएको हो ।

बोर्डबाट लाइुसेन्स पाउनेमा जे.वि.एन.एल सेक्युरिटिज, आर.वि.वि. सेक्युरिटिज र सि.वि.आई.एल सेक्युरिटिज रहेका छन् । यी तीन वटै कम्पनीलाई धितोपत्र व्यवसायी नियमावली २०६४को व्यवस्था बमोजिम लाइसेन्स दिएको बोर्डले जनाएको छ । योसँगै हालसम्म बोर्डबाट लाइसेन्स पाउने ब्रोकर कम्पनीको संख्या ३२ पुगेको छ ।

धितोपत्र बोर्डमा लाइसेन्सका लागि आवेजदन दिएर एलओआई पाएका अब ११ कम्पनीहरुले लाईसेन्स पाउन बाँकी रहेको छ । ती कम्पनीहरुको पनि थप अध्ययन पूरा गरी मापदण्ड पुगे लाइसेन्स दिइने बोर्डले जनाएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: