×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेयर बजारबाट उठ्ने लाभकर साउनमा ह्वात्तै घट्यो !

PRIME CA

सेयर बजारबाट उठ्ने लाभकर साउनमा ह्वात्तै घट्यो !

३ भाद्र २०८०, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । सेयर बजारमा निरन्तरको गिरावटका कारण बजारबाट सरकारलाई उठ्ने पूँजीगत लाभकार पनि ह्वात्तै घटेको छ ।   सिडिएससिका अनुसार साउनमा ४० करोड ८ लाख रुपैयाँ रकम पूँजीगत लाभकरबाट उठेको छ । गत असारमा सेयर बजारबाट यस्तो लाभकार ६४ करोड ९० लाख रुपैयाँ  उठेको थियो । अर्थात, असारको तुलनामा साउनमा ३७.१२ प्रतिशतले पूँजीगत लाभकर घटेको छ ।
साउनमा नेप्से कुल ६३.९६ अंकले घटेको थियो ।  यो समाचार तयार गर्दासम्म नेप्से २०११.१४ अंकमा झरेको छ । यसको सिधा मार सरकारको ढुकुटीमा पनि परेको छ । सिडिएससिका अनुसार साउनमा ट्रेडरबाट बढी लाभकार उठेको छ । छोटो अवधिका लागि कारोबार गर्ने कारोबारीबाट २२ करोड पूँजीगत लाभकर संकलन हुँदा १ बर्षभन्दा बढी समय सेयर होल्ड गरेर सेयर बेच्नेहरुबाट १८ करोड ३८ लाख रुपैयाँ संकलन भएको छ ।
कसरी तिरिन्छ पूँजीगत लाभकर ?
सेयर बजारको दोश्रो बजारमा कारोबार गर्ने सबैले पूँजीगत लाभकर तिर्नुपर्छ । सरकारले अन्तिम करका रुपमा गणना गरेको यस्तो करको रकम सरकारी ढुकुटीमा जान्छ । अहिलेको प्रचलित व्यवस्थालाई हेर्ने हो भने
एक वर्षको अवधि भन्दा कम अवधिमा गरेको नाफामा कारोबारीले साढे सात प्रतिशत पूँजीगत लाभकर तिर्नुपर्छ भने एक वर्ष भन्दा बढी अवधिको नाफामा साढे पाँच प्रतिशत लाभकर तिर्नुपर्छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: