काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले चुनाव जित्ने र पपुलर हुने बाहनामा आफ्नै साथीहरुले बैंकको विरोध गरेर गल्ती गरेको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित वित्तीय साक्षरता टेलिभिजन कार्यक्रमको उद्घाटन समारोहमा बोल्दै ढकालले यस्तो बताएका हुन् । बैंक तथा वित्तीय संस्थाविरुद्धको आन्दोलनमा सहभागी भएर निजी क्षेत्रकै साथीहरुले बैंकको विरोध गर्नु गलत भएको ढकालको भनाई रहेको छ ।
त्यस्तै, ढकालले आम जनसमुदायमा माग अनुसारको पँुजी प्रवाह हुन नसक्दा व्यवसायीहरुमा आत्मविश्वास कम हुँदै गएको टिप्पणी गरेका छन् । माग अनुसारको पँुजी प्रवाह हुन नसक्दा व्यवसायीहरुमा आत्मविश्वास कम हुँदै गएकाले प्रवाहलाई बढाउनुको विकल्प नभएको उनको भनाई छ ।
‘वास्तवमा अहिले आम पब्लिकमा यो डिमान्ड सप्लाईको चाहिँ धेरै नै कमि भएको छ र व्यवसायीक रुपमा धेरै कन्फिडेन्स् लुज भएको छ ।’, उनले भने, ‘सप्लाई धेरै नै कमि भएको हिसाबमा व्यवसायीमा आत्मविश्वास जाग्न सकेको छैन् । यसलाई बढाउनतर्फ ध्यान दिनुपर्छ ।’
त्यस्तै, ढकालले व्यवसायीमा आत्मविश्वास बढाउन नेपाल राष्ट्र बैंक र सरकारको तर्फबाट माग आपूर्तिलाई बढाउने विषयलाई ध्यान नदिने हो भने पछुताउनुको विकल्प नहुने तर्क गरेका छन् । ‘यो आत्मविश्वास बढाउनलाई नेपाल राष्ट्र बैंक र सरकारको तर्फबाट माग आपूर्तिलाई बढाउने हिसाबले अघि बढ्नुपर्छ ।’, उनले भने, ‘यही यसो भएन भने हामीले पछुतो मात्र मान्ने बाहेकको विकल्प रहँदैन ।’
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्