×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

फलोअप : नक्कली सर्टिफिकेट प्रकरणमा प्रहरीको अपरेशनपछि यी हुन् भागेका सिटिजन्स बैंकका ४ कर्मचारी, कहाँ छन् ?

PRIME CA
GLOBAL IME BANK

फलोअप : नक्कली सर्टिफिकेट प्रकरणमा प्रहरीको अपरेशनपछि यी हुन् भागेका सिटिजन्स बैंकका ४ कर्मचारी, कहाँ छन् ?

३१ श्रावण २०८०, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गर्न लागेको सूचना चुहिँदा भागेका सिटिजन्स बैंकका ४ कर्मचारीको विवरण पत्ता लागेको छ । त्रिभुवन विश्वविद्यालयको समकक्षता सर्टिफिकेट नक्कली बनाएर जागिर खाएका उनीहरु प्रहरी आफुलाई पक्राउ गर्न आउँदै गरेको थाहा पाएपछि भागेका थिए । प्रहरी स्रोतले दिएको जानकारी अनुसार यसरी भागेका कर्मचारीहरुमा  दिपककुमार झा, सुशान्त शर्मा, सुनिता भुसाल र चेतबहादुर थापा छन् ।

उनीहरु सिटिजन्स बैंकले प्राप्ति गरेको तिनाउ मिसन डेभलपमेन्ट बैंकमा काम गरेका थिए । पछि आफ्नो बैंक सिटिजन्स बैंक भएपछि प्रमोसनका बेला सर्टिफिकेट छानविनका क्रममा उनीहरुले नक्कली सर्टिफिकेटका आधारमा जागिर खाएको आशंकामा बैंकले त्रिभुवन विश्वविद्यालयलाई समकक्षता भेरिफिकेसनका लागि पठाएको थियो । त्रिभुवन विश्वविद्यालयले पनि आफ्नो विश्वविद्यालयका नाममा जारी भएको समकक्षता सर्टिफिकेट नक्कली भएको पाएपछि प्रहरीलाई पत्राचार गरेको थियो । त्यसपछि ६ जना पक्राउ परेका थिए भने ४ जना फरार छन् ।

फरार भएकाहरुलाई पक्राउ पर्ने कन्फर्म भएपछि पक्राउ परेकाहरुले सूचना दिएका थिए भने केहि कर्मचारी बिदामा थिए । प्रहरीले उनीहरुको खोजी गर्नका लागि छुट्टै टोली खटाएको छ । उनीहरुलाई पनि छिट्टै पक्राउ गरिने प्रहरीले जनाएको छ । घटनाका बारेमा थप अनुसन्धान भईरहेको प्रहरीको भनाई छ । प्रहरीले उनीहरु आफ्नै ठाउँ वरपर रहेको प्रारम्भिक सूचना पाएको बुझिएको छ ।
प्रहरीले पक्राउ परेकाहरुको भने बयान लिने काम सुरु गरेको छ । बयानका क्रममा तीमध्येका केहि कर्मचारीले बैंकमा यसरी नक्कली सर्टिफिकेट देखाएर जागिर खाने अरु पनि थुप्रै रहेको भनेका छन् । यस विषयमा प्रहरीले बैंकलाई पत्राचार गरेर आवश्यक सहयोग मागी थप अनुसन्धान गर्ने तयारी गरेपनि बैंकले भने अन्यको अनुसन्धान नगर्न र पक्राउ परेकाहरुको केसमात्र अघि बढाउन प्रहरीसमक्ष अनुरोध गर्ने तयारी गरेको बैंकका अधिकारीहरु नै बताउँछन् । यसो त अर्थ सरोकारसँग कुराकानी गर्दै बैंकका प्रवक्ता नारायणराज अधिकारीले आफुहरुले आफ्ना कर्मचारीहरुलाई जोगाउन खोजेको तर त्रिभुवन विश्वविद्यालयले सिधै सीआइबी गुहारेपछि आफ्ना कर्मचारीहरु पक्राउ परेको दाबी गरेका थिए ।
फरार भएका कर्मचारीहरु बैंकको सम्पर्कमासमेत नआएको बैंकको दाबी छ । अहिले नक्कली सर्टिफिकेटका आधारमा जागिर खाएका अन्य कर्मचारीहरु पनि आफु पनि फसिने डरले त्राहिमाम छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: