×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लगातारको वर्षाको प्रभावः काठमाडौंका घर-घरमा बाढी पस्यो, बाटोहरु जलमग्न… (फोटो-कथा)

PRIME CA

लगातारको वर्षाको प्रभावः काठमाडौंका घर-घरमा बाढी पस्यो, बाटोहरु जलमग्न… (फोटो-कथा)

अर्थ सरोकार

२३ श्रावण २०८०, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । सोमबार रातीदेखि परेको लगातारको वर्षाका कारण काठमाडौंमा नदीको सतहले खतराको संकेत नाघेको छ । निरन्तरको वर्षाका कारण काठमाडौंमा नदीको सतह मात्रै बढेको छैन, बरु काठमाडौंका घर–घरमा बाढी पसेको छ । खासगरी विभिन्न नदी किनारका बस्तीहरुमा बाढीको वितण्डा सुरु भएको छ ।

यसो त काठमाडौंमा भारी वर्षाका कारण नदी किनारका घरहरुमात्र होइन सडकहरु पनि जलमग्न भएका छन् । भारी वर्षाकै कारण विद्यालय, घर, सडक सबै डुबानमा परेका छन् । डुबानमा परेका अधिकांश ठाउँमा ‘पम्पसेट’ लगाएर पानी फाल्ने कोसिस गरिएको छ ।

बाढीको सतह अझै बढ्दो क्रममा रहेकाले काठमाडौं उपत्यकाका स्थानीय पालिका एवम् प्रशासनहरुले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् । हाल नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय तह र नागरिकहरु डुबान क्षेत्रको अनुगमन र उद्धारमा खटिएका छन् । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: