×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ग्राहकको नागरिकता दुरुपयोग काण्डमा पनि एभरेष्ट बैंकको स्वीकारोक्ति- ‘दोषी देखेपछि कर्मचारीलाई कारवाही गरिसक्यौँ’

PRIME CA
GLOBAL IME BANK

ग्राहकको नागरिकता दुरुपयोग काण्डमा पनि एभरेष्ट बैंकको स्वीकारोक्ति- ‘दोषी देखेपछि कर्मचारीलाई कारवाही गरिसक्यौँ’

२ भाद्र २०८०, शनिबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ ।  बैंकको पुलचोकस्थित साखाकि एक कर्मचारीले केहि समय अगाडी ग्राहकको नागरिकता दुरुपयोग गरी नक्कली डिम्याट खाता खोली गैरकानुनी कारोबार गरेको रहस्य बाहिरिएको र सो कर्मचारी अझै पनि जागिरमै रहेको विषयमा एभरेष्ट बैंक बोलेको छ । बैंकका २ दर्जन बढी ग्राहकको नागरिकता दुरुपयोग गरी ती कर्मचारीले ग्राहकहरुको संवेदनशील डकुमेन्टहरुको दुरुपयोग गरेको केस बाहिरिएको थियो ।

बैंकले त्यतिबेला नै ती कर्मचारीलाई प्रहरीको जिम्मा लगाउनुपर्ने थियो । तर पावरका भरमा ती कर्मचारीहरुलाई ती डिम्याट खाता बन्द गर्ने सर्तमा छोडियो । अहिले पनि ती कर्मचारी बैंकको अर्को एक शाखामा कार्यरत छिन् । यसै विषयमा अर्थ सरोकारले समाचार प्रकाशन गरेपछि सम्पर्कमा आएका एभरेष्ट बैंकका डेपुटी जनरल मेनेजर आशुतोष शर्माले बैंकमा एक कर्मचारीले नक्कली डिम्याट खाता खोलेको पाइएपछि उनलाई कारवाही गरिएको दाबी गरेका छन् ।
‘यो केस अलि अघिको हो । केस थाहा पाएपछि हामीले ती कर्मचारीलाई स्पष्टीकरण सोध्यौँ । उनले बैंकका अन्य ग्राहकको नभई बैंकमा खाता भएका आफ्ना आफन्तको नागरिकता दुरुपयोग गरी डिम्याट खाता खोलेको भन्ने जवाफ दिईन् ।’ शर्माले अर्थ सरोकारसँग भने- ‘त्यसपछि हामीले सो डिम्याट खाताहरु बन्द गर्न लगायौँ, र उनलाई घटुवासमेत हुनेगरी कारवाही गर्यौँ । अहिले उनी बैंकको अर्को शाखामा काम गरिरहेको सत्य हो ।’
उनले ग्राहकलाई कुनै पनि हानी नभए पनि गलत गरेकाले उनलाई कारवाही गरिएको बताए । गलत गर्नेलाई कारवाही गर्न आफ्नो बैंक पछि नहट्ने बताउँदै उनले कर्मचारी बिनियमावाली अनुसार नै ती कर्मचारीलाई कारवाही भएको दाबी गरेका छन् ।
यता बैंकको ३ करोड रकम अपचलन प्रकरणमा पनि बैंकले घटना भएको र यस्तो गलत काममा संलग्नहरुलाई कारवाही प्रक्रिया अघि बढिसकेको स्वीकारेका छन् । उनले कर्मचारी विनियमावली अनुसार निज कर्मचारीलाई कारवाही भईसकेको र आवश्यक परे थप कारवाहीसमेत हुने बताएका छन् । शर्मा माथि आफु पनि पक्राउ पर्ने डरले रकम अपचलनको केस प्रहरीसम्म नपुर्याएको आरोपसमेत छ । उनले सो आरोप सहि नभएको र कर्मचारी विनियमावलीले कस्तो केसमा कर्मचारीलाई कस्तो कारवाही गर्नुपर्छ भन्ने स्पष्ट बोल्ने हुनाले आफुहरुले सोहि अनुसार गरेको दाबी गरेका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: