काठमाडौँ । सहकारी ठग प्रकरणमा केदारनाथ शर्माको बयानमा उनले बैंकबाट ऋण लिँदा ९० लाख घुस बुझाएको आरोप लगाएपछि घुस खाएको आरोप लागेका नेपाल एसबिआई बैंकका ब्रान्च मेनेजर मनोज गौतमले आफुले शिवशिखरका तर्फबाट एक रुपैयाँ पनि घुस नखाएको र आफुले कहिं कतैबाट ऋण दिंदा घुस खाएको प्रमाणित भए आफु जस्तोसुकै सजाय भोग्न पनि तयार भएको बताएका छन् । लामो प्रयासपछि अर्थ सरोकारको सम्पर्कमा आएका उनले सहकारी ठगी प्रकरणमा केदार शर्माको बयानका क्रममा आफ्नो नाम कसरी उल्लेख भयो भन्ने कुराले आफु पनि अचम्मित भएको र सो कार्यले आफ्नो चरित्रहरण हुने काम भएको दाबी गरेका छन् । प्रस्तुत छ अर्थ सरोकारकर्मीले उनै गौतमसँग गरेको कुराकानीको अंश:
१. ऋण दिंदा तपाईंले ९० लाख घुस खानुभएको भन्ने बयान केदार शर्माले प्रहरीलाई दिनुभएको छ, खास कुरा के हो ?
जे जसरी कुरा आयो, त्यो व्यर्थको कुराहरु आयो, जसरी आयो, गलत भयो । मैले हिजो मेरा बारेमा उल्लेखित बयानबारे समाचार आएपछि केदारनाथ शर्मालाई भेट्न पनि गएँ । उहाँले मैले प्रहरीलाई त्यसो भनेकै छैन भन्नुभयो। यसरी कुनै पनि बैंक तोकेर, मान्छे तोकेर मैले कसैको नाम लिएको छैन भन्ने उहाँको कुरा थियो । र, म पनि यहि भन्छु, जे कुराहरु आए, यो सब असत्य हो । यो कुरामा केहि दम भईदिएको भए प्रहरीले मविरुद्ध पनि अनुसन्धान गर्थ्यो होला । अनुसन्धानका क्रममा सीआईबीले मलाई पनि बोलाउँथ्यो होला। मैले घुस लिएको भए मलाई पनि अभियुक्त बनाएर केस फाइल हुन्थ्यो होला नि।
अर्थ सरोकारमा प्रकाशित 'प्रिमियम स्टोरी' बाहेक सबै समाचार सामाग्री नि:शुल्क पढ्न पाइन्छ । तर, प्रिमियम स्टोरी पढ्न भने स्टोरीमा पढ्न उल्लेखित रकम तिर्नुपर्छ । स्टोरी लिंकमा उल्ल्खित रकम सोहि एउटा समाचार पढ्नका लागि मात्र हो । सुरुमा प्रिमियम युजरका रुपमा सदस्य बनी उल्लेखित रकम तिरेर आफुले रोजेको समाचार पढ्न सक्नुहुनेछ । सदस्य बन्नका लागि यहाँ क्लिक गर्नुहोस् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्