×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

तस्विरमा हेर्नुहोस् काठमाडौंमा गाईजात्राको रौनक (फोटो-कथा)

PRIME CA

तस्विरमा हेर्नुहोस् काठमाडौंमा गाईजात्राको रौनक (फोटो-कथा)

१४ भाद्र २०८०, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । भक्तपुर लगायतका विभीन्न ठाउँमा गाईजात्रा पर्व मनाइँदै छ । एक वर्षभित्र दिवङ्गत आफन्तको आत्माको शान्तिको कामना गर्दै मनाइने गाईजात्रा पर्व नेवार समुदायले विभिन्न कार्यक्रम आयोजना गरी मनाउँछन् । यस पर्व मनाउने क्रममा दिवङ्गत आफन्तको सम्झनामा परिवारका मानिसको सहभागितामा गाई र मानिसलाई शृङ्गारी बजार परिक्रमा गराई मनाइन्छ ।

बनेपा, धुलिखेल, पनौती, पाँचखाल, साँगा, नालालगायत जिल्लाको मुख्य सहर बजारमा नेवार समुदायका परिवारले गाई र मानिसलाई शृङ्गारी नगर परिक्रमा गराउँछन् । जात्रामा सहभागी केहीले जात्राको पोसाकका मुकुण्डो लगाई विभिन्न वाद्यबाधन सामग्री बजाउँदै नाच प्रदर्शन गरी नगर परिक्रमा गर्दछन् । परिक्रमाका क्रममा श्रद्धालुले दूध, फलफूल, रोटी, दही–चिउरा, खाद्यान्न तथा दक्षिणा दान गर्ने प्रचलन रहेको छ ।

त्यस्तै, जात्राका क्रममा नगर परिक्रमा गर्दा वर्षभरि मृत्यु भएका व्यक्ति ‘गाईको पुच्छर समाई वैतरणी पार’ हुन्छन् भन्ने धार्मिक जनविश्वास छ । “विशेषतः पितृमोक्षका रुपमा गाईजात्रा पर्वलाई स्थापित गराइएको छ”, बनेपाका इतिहासविद् स्व ज्ञानकाजी मानन्धनरको ‘बनेपाको इतिहास’ पुस्तकमा उल्लेख छ ।

‘क्वाँटी पूर्णिमा’को उपमा दिइने यस जात्रा जनैपूर्णिमाको भोलिपल्ट मनाइने भए पनि तिथिले आज(बिहीबार) नै परेको छ । जनैपूर्णिमा र गाईजात्राको दुई दिन भने क्वाँटी खाने चलन रहँदै आएको छ । बाँकी तस्विरमा हेर्नुहोस् :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: