×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नाटकीय ढंगले बढ्यो गोलभेँडाको भाउ, डेढ महिनामै १० रुपैयाँबाट १ किलोकै मूल्य १ सय ८० रुपैयाँ पुग्यो !

अर्थ सरोकार

प्रकाशित मिति : २५ श्रावण २०८०, बिहीबार

PRIME CA

नाटकीय ढंगले बढ्यो गोलभेँडाको भाउ, डेढ महिनामै १० रुपैयाँबाट १ किलोकै मूल्य १ सय ८० रुपैयाँ पुग्यो !

काठमाडौं । पछिल्लो डेढ महिनायता गोलभेँडाको भाउ निरन्तर बढिरहेको छ । उत्पादनमा आएको ह्रास र आयात ठप्प हुँदा गोलभेँडाको भाउ आकाशिएको हो । अहिले गोलभेँडाको बजार मूल्य प्रतिकिलो १ सय ८० रुपैयाँसम्म रहेको छ ।

यसो त डेढ महिनाअघि मात्रै गोलभेँडाको मूल्य नपाएको भन्दै काठमाडौंमा किसानहरु आन्दोलित बनेका थिए । त्यसबेला उनीहरुले सयौँ किलो गोलभेँडा सडकमै फालेर विरोध गरेका थिए । तर, अहिले व्यापारीहरु तिनै किसानका खेतखेतमै पुगेर गोलभेँडा किनिरहेका छन् ।

हाल गोलभेँडाको बजार मूल्य प्रतिकिलो १ सय ८० रुपैयाँसम्म रहेको छ । काठमाडौं लगायतका बजारमा ठूलो गोलभेडा प्रतिकिलो न्यनतम १ सय ६० रुपैयाँदेखि १ सय ८० रुपैयाँसम्ममा खरिद बिक्री भईरहेको छ भने सानो लोकल गोलभेँडा प्रतिकिलो न्यूनतम ६५ देखि अधिकतम ७५ रुपैयाँमा खरिद बिक्री भईरहेको छ ।

गोलभेँडाको मूल्य नपाइने भन्दै गोलभेँडा खेतीतर्फ किसानको घट्दो आकर्षण र भारतबाट पनि गोलभेँडा आयात ठप्पप्राय हुँदा नेपाली बजारमा गोलभेँडा महंगिएको हो । हाल बजारमा गोलभेँडाको माग दैनिक ६०/६५ टन भए पनि ३५/४० टन मात्रै आयात हुँदा मूल्य आकाशिएको व्यवसायीहरुको तर्क छ । कात्तिकपछि तराईमा गोलभेँडाको उत्पादन सुरु हुने र आयात बढेपछि मूल्य बिस्तारै घट्दै जाने व्यवसायीहरुले बताएका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: