×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

तस्करीको ६० किलो सुन गाल्न थालियो… (फोटो-कथा)

PRIME CA

तस्करीको ६० किलो सुन गाल्न थालियो… (फोटो-कथा)

३० श्रावण २०८०, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल परिसरबाट बरामद गरिएको तस्करीको सुन गाल्न सुरु गरिएको छ । नेपाल राष्ट्र बैंकको बबरमहलस्थित टक्सार महाशाखामा सुन गाल्न सुरु गरिएको हो ।

साउन २ गते मोटरसाइकलको ‘ब्रेक शु’ भनेर विदेशबाट ल्याइएको तस्करीको सुन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी), राजश्व अनुसन्धान विभाग, राष्ट्र बैंक र टक्सार कार्यालयका प्रतिनिधिहरुको रहोबरमा सुन गाल्न सुरु गरिएको हो ।

सोमबार उक्त सुन ‘बे्रक शु’बाट छुट्याएर जोखिएको थियो । त्यसबेला तस्करीको सुनको तौल ६० किलो ७८९ ग्राम मापन गरिएको थियो । हाल सुन गाल्ने काम चलिरहेको राष्ट्र बैंकको टक्सार महाशाखाका प्रमुख थानेश्वर आचार्यले जानकारी दिएका छन् । गालिदै गरेको सुन तस्विरमा हेर्नुहोस्ः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: