काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आफूले हस्ताक्षर गरेको नोट कसैले प्रयोग नगरुन् भन्ने इच्छा व्यक्त गरेका छन् । वित्तीय साक्षरता टेलिभिजन कार्यक्रमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन् ।
‘म नेपाली नोटमा हस्ताक्षर गर्नेमध्येको एउटा गभर्नर हूँ । तर, मेरो कामना मैले हस्ताक्षर गरेको नोट फ्रेममा रहोस् भन्ने छ ।’, उनले भने, ‘हाम्रो कारोबार र कारोबारको सेटलमेन्ट डिजिटल होस् । जुन कुरालाई पछिल्लो समाजले प्रयोग गर्दै आईरहेको पनि पाईरहेका छौँ ।’ डिजिटल कारोबारले आर्थिक सुशासन कायम गर्नुका साथै कारोबारलाई पारदर्शि बनाउने समेत गभर्नर अधिकारीले बताएका छन् ।
त्यस्तै, गभर्नर अधिकारीले अघिल्लो वर्षबाट डिजिटल आर्थिक साक्षरताको अभियान पनि सुरु भएको बताएका छन् । फलस्वरुप प्राय नेपालीहरु अहिले मोबाइल बैंकिङ् प्रयोग गर्न सक्ने भएको अधिकारीले बताए ।
योसँगै एक पटक लिएको बैंकिङ कारोबारको दररेट सात वर्षसम्म परिर्वतन नहुने व्यवस्था पनि रहेको तर त्यसलाई मानिसहरुले उपयोग गर्न नसकेको गभर्नर अधिकारीले बताएका छन् ।
‘हामीसँग धेरै प्रकारका उत्पादनहरु छन् । फिक्स रेट एकपटक लिएरको रेट सात वर्षसम्म परिवर्तन नहुने उत्पादनहरु पनि छन् । जसको फिक्स आम्दानी छ, त्यसको लागि फिक्स रेट हुन्छ । हामीले विगत तीन वर्षदेखि लागू भएको विषय हो । जस्तै फिक्स आम्दानी हुनेहरुको भोली व्याजदर बढ्दा तिर्न सक्दैँन् भन्ने अनुमानको आधारमा त्यसको जिम्मेवारी बैंक आफैले लिने गरि बनेको वस्तुहरु पनि छन् तर धेरै कम मान्छेहरुले मात्रै यो प्रयोग गर्नुभएको छ ।’ उनले भने, ‘यो सायद सञ्चार र साक्षरताको कमीले पनि यस्तो हुनसक्छ । एउटा सानो कर्जाको व्याजदरको सन्दर्भमा समेत पनि साक्षरताका क्षेत्र प्रशस्त छन् भने समग्र वित्तीय क्षेत्रमा वित्तीय साक्षरताको अनिवार्य आवश्यकता हामीले देखेका छौ ।’
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्