×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हकप्रद सेयर निष्कासनको जानकारी अब एसएमएसबाटै !

PRIME CA

हकप्रद सेयर निष्कासनको जानकारी अब एसएमएसबाटै !

१३ भाद्र २०८०, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । हकप्रद सेयर खुलेको जानकारी अब एसएमएसबाटै पाइने भएको छ । सिडिएस एन्ड क्लियरिङले हकप्रद सेयर खुलाएको जानकारी एसएमएसमार्फत गराउन थालेको हो । कम्पनीले सिनर्जी पावर, अपी पावर र मल्टीपर्पस फाइनान्स कम्पनीबाट हकप्रद सेयर खुलाएको जानकारी एसएमएसबाटै दिन सुरुवात गरेको छ ।

योसँगै अब हकप्रद निष्कासनका लागि सिडिएससीमा निवेदन लिएर आउने हरेक कम्पनीले एसएमएस पठाउने प्रक्रिया पनि अघि बढाएको हुनुपर्ने भएको छ । कम्पनीहरुले हकप्रद सेयर खुलाएको जानकारी नपाउँदा हकप्रद सेयर भर्नबाट सेयरधनी वञ्चित भएको भन्दै एसएमएसबाट जानकारी दिने व्यवस्था गरेको सिडिएससीका सीईओ पूर्णप्रसाद आचार्यले जानकारी दिएका छन् ।

सीईओ आचार्यका अनुसार हकप्रद सेयर निष्कासन गर्ने सम्बन्धित कम्पनी एसएमएसको पैसा तिर्न तयार नभए आईपीओ निष्कासनका लागि सिस्टम प्रयोग गर्न दिइने छैन ।

यद्यपी अहिले हकप्रद सेयर मेरो सेयरमार्फत संसारभरका लगानीकर्ताले अनलाइनबाट भर्न पाउँछन् । तर, संसारभर एसएमएसको पहुँच नहुने भएकाले लगानीकर्ताको सहजताका लागि इमेलको व्यवस्था गर्ने विषयमा पनि सोचिरहेको सिडिएससीका सीईओल आचार्यले बताएका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: