×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०८० क्याबिनेटबाट स्वीकृत, कम्पनी पब्लिक हुने बित्तिकै आईपीओ जारी गर्न पाउने !

PRIME CA

धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०८० क्याबिनेटबाट स्वीकृत, कम्पनी पब्लिक हुने बित्तिकै आईपीओ जारी गर्न पाउने !

३१ श्रावण २०८०, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । प्राइभेट कम्पनी लिमिटेड पब्लिक कम्पनीमा रुपान्तरण हुने बित्तिकै धितोपत्रको प्रारम्भिक सेयर निष्कासन (आईपीओ) जारी गर्न पाउनेछन् । मंगलबार बसेको मन्त्रीपरिषद्को बैठकले धितोपत्र दर्ता तथा निष्कासन (सातौं संशोधन) नियमावली २०८० स्वीकृत गर्दै यस्तो व्यवस्था गरेको हो ।

योसँगै आईपीआई जारी गर्नका लागि पब्लिक कम्पनीमा रुपान्तरण भएको दुईदुई वर्षसम्म कुनुपर्ने बाध्यताको अन्त्य भएको छ । अब प्राइभेट कम्पनीको रुपमा दर्ता भएर २ वर्षदेखि कारोबार गरिरहेका कम्पनीले पब्लिक कम्पनीमा रुपान्तरण हुनासाथ आईपीओ जारी गर्न सक्नेछन् ।

त्यस्तै, मन्त्रीपरिषद् बैठकले स्वीकृत गरेको नियमावलीले व्यवसाय सञ्चालनको अवधि १० वर्ष मात्रै रहेका कम्पनीलाई आईपीओ निष्कासनमा प्रतिबन्ध लगाएको छ ।

नियमावलीको नियम ३ मो उपनियम ३ थप गर्दै व्यवसाय सञ्चालनको अवधि १० वर्षभन्दा कम बाँकी भएमा त्यस्तो कम्पनीले धितोपत्र बोर्डमा धितोपत्र दर्ता तथा सार्वजनिक निष्कासनको लागि निवेदन दिन नपाउने व्यवस्था थप भएको हो ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: