×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रक्षा बन्धनको दिन पशुपतिमा जे देखियो… (फोटो-कथा)

PRIME CA

रक्षा बन्धनको दिन पशुपतिमा जे देखियो… (फोटो-कथा)

१४ भाद्र २०८०, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । भदौ १४ गते (बिहीबार) देशभर श्रावण शुल्क पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा निकै उत्साहका साथ मनाइँदै छ । खासगरी हिन्दू धर्मावलम्वीहरुले विशेष महत्वका साथ मनाउने यस पर्वमा वैदिक सनातन धर्मावलम्बीले नदी, ताल एवम् पोखरीमा गई स्नान गरी गूरु पुरोहितबाट रक्षासूत्र बाँध्ने गर्छन् ।

गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको डोरो (रक्षासूत्र) धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास रहँदै आएको छ । सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी जेले गर्दा अत्यन्त बलशाली दानवराज बली बाँधिए । त्यसैले ‘म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन, विचलित नहोऊ’ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा चलेको रक्षाबन्धनको परम्परा हालसम्म पनि प्रचलित छ ।

सोही परम्पराअनुसार बिहीबार देशकै मूख्य शक्तिपीठका रुपमा रहेको पशुपतिनाथ मन्दिरमा पुरोहितबाट डोरो (रक्षासूत्र) बाँध्नेहरुको घुइँचो लागेको छ । पशुपतिमा जनैपूर्णिमाको दिन (बिहीबार) रक्षासूत्र बाँध्नेसँगै जनै फेर्नेहरुको पनि घुइँचो छ । मन्दिर परिसर प्रवेशद्धारादेखि नै पुरोहितहरु रक्षासूत्र एवम् जनैसहित लामबद्ध बसेका देखिन्छन् । बाँकी फोटो फिचरमा हेर्नुहोस्: 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: