×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रक्षा बन्धनको दिन ‘नेपालको दोश्रो पशुपति’ कोटेश्वर महादेवस्थानमा जे देखियो… (फोटो-कथा)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

रक्षा बन्धनको दिन ‘नेपालको दोश्रो पशुपति’ कोटेश्वर महादेवस्थानमा जे देखियो… (फोटो-कथा)

Artha Sarokar

१४ भाद्र २०८०, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपालको दास्रो पशुपतिको रुपमा रहेको महादेवस्थान मन्दिरमा पनि रक्षाबन्धन र जनैपुर्णिमा उत्साहपूर्व मनाइँदैछ । महादेवस्थान मन्दिरमा आउने भक्तजनहरुले बाल ब्राह्मणबाट रक्षासूत्र, टिका तथा प्रसाद ग्रहण गरेका थिए । साथै पूरोहितबाट मन्त्रिएको जनै पनि फेरेका छन् ।

जनैपूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरी गुरु पुरोहितबाट रक्षासूत्र बाँध्ने गर्छन् ।

यस्तै रक्षाबन्धनको अवसरमा रुद्राक्ष, फूलमाला तथा फलफूलको व्यापार पनि ह्वातै बढेको छ ।

सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी जेले गर्दा अत्यन्त बलशाली दानवराज बली बाँधिए । त्यसैले ‘म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन, विचलित नहोऊ’ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा चलेको रक्षाबन्धनको परम्परा हालसम्म पनि प्रचलित छ । बाँकी तस्बिरमा हेर्नुहोस् :

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी