×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भक्तपुरमा यसरी मनाइयो जनैपूर्णिमा… (फोटो-कथा)

PRIME CA

भक्तपुरमा यसरी मनाइयो जनैपूर्णिमा… (फोटो-कथा)

१३ भाद्र २०८०, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । भदौ १३ गते (बुधबार) भक्तपुरमा गन्हुँपुन्ही अर्थात जनैपूर्णिमा मनाइएको छ । यसवर्ष गाईजात्रा र जनैपूर्णिमा एकैदिन परेपछि अधिकांश ठाउँमा अघिल्लो दिन नै जनैपूर्णिमा मनाइएको हो ।

गाईजात्रा र जनैपूर्णिमा एकैदिन परेकाले अन्योल उत्पन्न भएको भन्दै भक्तपुर नगरपालिकाले तलेजुका पुजारीहरूसँग छलफल गरेर आजै जनैपूर्णिमा मनाएको हो । भक्तपुरमा तिथिमितिमा अन्योल उत्पन्न भए तलेजुमा जुन दिन चाडपर्व मनाइन्छ । सोही दिन सर्वसाधारणले पनि मनाउने प्रचलन छ ।

तिथि घटबढका कारण कुनै दुई तिथि एकैदिन परे तलेजुका मुल पुरोहित, राजोपाध्याय एवं पुजारीहरू कर्माचार्य र जोशीहरूले आपसमा ज्योतिष विज्ञानका आधारमा छलफल गरी चाडपर्व मनाउने प्रचलन छ । सोहीअनुसार भक्तपुर नगरपालिकाले तलेजुका मुल पुजारी र पुजारीहरूसँग छलफल गरी भदौ १३ गते जनैपूर्णिमा र १४ गते गाईजात्रा मनाउने भएको हो । आज जनैपूर्णिमा मनाइएको छ । बिहीवार (भोलि) गाईजात्रा मनाइने जनाइएको छ ।भक्तपुरमा आजै जनै लगाउने, रक्षाबन्धन बाँध्ने र क्वाँटी खाएर जनैपूर्णिमा मनाइँदैछ । बाँकी फोटो फिचरमो हेर्नुहोस्ः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: