×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जापानको अर्थतन्त्र : अपेक्षाभन्दा बढी सुधार, तलबमा २८ वर्ष यताकै उच्च वृद्धि, तर मुद्रास्फीति पनि उत्तिकै बढी !

PRIME CA
GLOBAL IME BANK

जापानको अर्थतन्त्र : अपेक्षाभन्दा बढी सुधार, तलबमा २८ वर्ष यताकै उच्च वृद्धि, तर मुद्रास्फीति पनि उत्तिकै बढी !

३१ श्रावण २०८०, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । विश्वको तेस्रो ठूलो अर्थतन्त्र भएको जापानमा पछिल्लो ३ महिनामा व्यापक सुधार देखिएको छ । अर्थविद्हरुले ३ प्रतिशतको मात्र वृद्धिको आंकलन गरे पनि जापानको कुल ग्राहस्थ उत्पादनमा बार्षिक ६ प्रतिशतको वृद्धि देखिएको छ ।

जापानी मुद्रामा १० प्रतिशतले गिरावट आएपछि जापानी सामानको निर्यात पनि ह्वात्तै बढेको थियो । तर पछिल्लो समय पर्यटनले समेत साथ दिंदा र जापानका कार निर्माता कम्पनी टोयोटा, होण्डा, निशानको नाफा पनि ह्वात्तै बढ्दा देशकै अर्थतन्त्रमा यसले सकारात्मक साथ दिएको छ ।
सरकारले सीमामा लगाएको प्रतिबन्ध अप्रिलको अन्त्यबाट खुकुलो भएपछि र चीनले समूहगत भ्रमण खुला गरेपछि पर्यटन क्षेत्र फष्टाएको थियो । जापानी संचारमाध्यमहरुका अनुसार कोरोना महामारीपछि खस्किएको पर्यटनमा जुनको अन्त्यसम्म ७० प्रतिशत सुधार भएको छ ।
कुल ग्राहस्थ उत्पादनमा वृद्धि देखिएसँगै कामदारको तलव वृद्धिमा पनि २८ वर्ष यताकै तीव्र वृद्धि देखिएको छ । तर, जापानको मुद्रास्फीति चार दशक यताकै उच्च छ, र यो चुनौतिको विषय बनेको छ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: