काठमाडौं । पछिल्लो समय काठमााडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) काठमाडौंलाई सुन्दर शहर बनाउने परिकल्पनाका साथ अघि बढेका छन् । काठमाडौंको मेयरमा निर्वाचित भएको दिनदेखि नै मेयर शाह काठमाडौंलाई फोहोररहित शहर बनाउने अभियानमा लागेका छन् ।
काठमाडौंलाई दुर्गन्धित पार्नेहरुविरुद्ध मेयर शाह पछिल्ला दिन थप कठोर बनेका छन् । यसैबीच सडकमा फोहोर फालेर शहर दुर्गन्धित बनाउनेलाई काठमाडौं महानगरपालिकाले १० हजार रुपैयाँ जरिवाना तिराएको छ ।
काठमाडौंस्थित न्यूरोडकी अरुणा अमात्यले सडकमा फोहोर फालेको पाइएपछि महानगरले कार्वाही स्वरुप १० हजार रूपैयाँ जरिवाना तिराएको हो ।
हाल महानगरभित्र सडक तथा नदीमा फोहोर फाल्न, सार्वजनिक स्थानमा फोहोर गर्न, खुल्ला ठाउँमा आगो बाल्न, धुवाँ उड्ने गरी सडकमा ठेला व्यापार गर्न र ४० माइक्रोनभन्दा कमको प्लाष्टिक प्रयोग गर्न निषेध गरिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्