×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

काठमाडौंलाई फोहोर गर्नेविरुद्ध कठोर बने बालेन, सडकमै फोहोर फाल्नेलाई १० हजार रुपैयाँ जरिवाना !

PRIME CA
GLOBAL IME BANK

काठमाडौंलाई फोहोर गर्नेविरुद्ध कठोर बने बालेन, सडकमै फोहोर फाल्नेलाई १० हजार रुपैयाँ जरिवाना !

१९ श्रावण २०८०, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । पछिल्लो समय काठमााडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) काठमाडौंलाई सुन्दर शहर बनाउने परिकल्पनाका साथ अघि बढेका छन् । काठमाडौंको मेयरमा निर्वाचित भएको दिनदेखि नै मेयर शाह काठमाडौंलाई फोहोररहित शहर बनाउने अभियानमा लागेका छन् ।

काठमाडौंलाई दुर्गन्धित पार्नेहरुविरुद्ध मेयर शाह पछिल्ला दिन थप कठोर बनेका छन् । यसैबीच सडकमा फोहोर फालेर शहर दुर्गन्धित बनाउनेलाई काठमाडौं महानगरपालिकाले १० हजार रुपैयाँ जरिवाना तिराएको छ ।

काठमाडौंस्थित न्यूरोडकी अरुणा अमात्यले सडकमा फोहोर फालेको पाइएपछि महानगरले कार्वाही स्वरुप १० हजार रूपैयाँ जरिवाना तिराएको हो ।

हाल महानगरभित्र सडक तथा नदीमा फोहोर फाल्न, सार्वजनिक स्थानमा फोहोर गर्न, खुल्ला ठाउँमा आगो बाल्न, धुवाँ उड्ने गरी सडकमा ठेला व्यापार गर्न र ४० माइक्रोनभन्दा कमको प्लाष्टिक प्रयोग गर्न निषेध गरिएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: