×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

काठमाडौं महानगरले कक्षा १० सम्मका विद्यार्थीलाई दिवा खाजा दिने, २३ करोड रुपैयाँ बजेट विनियोजन !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

काठमाडौं महानगरले कक्षा १० सम्मका विद्यार्थीलाई दिवा खाजा दिने, २३ करोड रुपैयाँ बजेट विनियोजन !

Artha Sarokar

३ भाद्र २०८०, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । काठमाडौँ महानगरपालिकाले सबै सामुदायिक विद्यालयमा कक्षा १० सम्मका विद्यार्थीलाई दिवा खाजा उपलब्ध गराउने भएको छ । महानगरको कार्यपालिका बैठकले भदौ १ गतेदेखि लागु हुने गरी मातहतका सबै सामुदायिक विद्यालयमा कक्षा १० सम्मका विद्यार्थीलाई दिवा खाजा उपलब्ध गराउने निर्णय गरेको हो ।

संघीय सरकारले हाल कक्षा ५ सम्मका विद्यार्थीका लागि दिवा खाजा कार्यक्रम सञ्चालन गरेको भए पनि काठमाडौं महानगरपालिकाले भने कक्षा ८ सम्मका विद्यार्थीलाई दिवास खाजा कार्यक्रम सञ्चालन गर्दै आएको छ । हाल सरकारले खाजाका लागि दुर्गमबाहेकलाई प्रतिविद्यार्थी १५ रुपैयाँ दिँदै आएको भए पनि महानगरले भने १५ रुपैयाँ थपेर प्रतिविद्यार्थी खाजाको लागि ३० रुपैयाँ दिने भएको हो ।

संघीय सरकारले दुर्गमका विद्यार्थीलाई भने दैनिक २० रुपियाँ उपलब्ध गराउने गरेको छ ।

काठमाडौं महानगरपालिकाभित्र ८९ वटा सामुदायिक विद्यालय सञ्चालनमा रहेका छन् । दिवा खाजा कार्यक्रमबाट प्रारम्भिक बालविकासदेखि कक्षा १० सम्मका गरेर करिब ४० हजार विद्यार्थी लाभान्वित हुने महानगरका शिक्षा अधिकारी सीताराम कोइरालाले जानकारी दिएका छन् । उनका अनुसार दिवा खाजाका लागि महानगरले २३ करोड रुपियाँ विनियोजन गरेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रति्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी