×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कृषि बिकास बैंकका फाइनान्स प्रमुखलाई कारवाही गर्न लगानीकर्ताको माग, प्रमुख अधिकारीको फोन अझै अफ !

PRIME CA

कृषि बिकास बैंकका फाइनान्स प्रमुखलाई कारवाही गर्न लगानीकर्ताको माग, प्रमुख अधिकारीको फोन अझै अफ !

२२ श्रावण २०८०, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । गलत वित्तीय विवरण सार्वजनिक गरेर सेयर बजारमा चलखेल गरेको भन्दै कृषि बिकास बैंकका फाइनान्स प्रमुखलाई कारवाही गर्नुपर्ने माग लगानीकर्ताले राखेका छन् । गलत विवरण प्रकाशन गरेर सेयर सोझासाझा लगानीकर्तालाई भिडाउने र त्यसलाई सच्याएर सेयर लगानीकर्ता फसाउने खेलमा लागेको भन्दै लगानीकर्ताले बैंकका फाइनान्स प्रमुख बासु अधिकारीलाई कारवाही गर्न माग गरेका हुन् । अधिकारीलाई कारवाहीको माग गर्दै आज केहि लगानीकर्ताहरुले सेयर बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डमा उजुरी गर्ने तयारी गरेका छन् ।

आइतबार कृषि बिकास बैंकले डीपीएस लगायतका सूचकहरुको तथ्यांक गलत छापेको थियो । त्यसपछि अर्थ सरोकार डटकमले यस विषयमा बैंकले गलत तथ्यांक छापेको भन्दै तथ्यसहितको समाचार प्रकाशन गरेको थियो । अर्थ सरोकारको समाचारपछी बैंकका उच्च अधिकारीहरुले फाइनान्स विभागमा सम्पर्क गरी यस विषयमा बुझेका थिए । विभागका अफिसर प्रेम श्रेष्ठले समेत बैंकबाट गम्भीर गल्ती भएको स्वीकारेपछी बैंकले आज पत्रिकामा सूचना छापेर सो गलत कामलाई सच्याएको छ ।
तर यस्तो गल्ती भुलबस् भयो वा फाइनान्स प्रमुख अधिकारीको संलग्नतामा भित्री कारोबार गर्न खोजियो भन्ने तथ्य पनि अनुसन्धान हुनुपर्ने लगानीकर्ताको माग छ । नेपालको प्रचलित कानुनअनुसार भित्री कारोबार गैरकानुनी कार्य हो । भित्री कारोबार गरेको ठहर भएमा अधिकारीलाई जेल सजाय र जरिवाना दुवै हुन सक्छ । तर बैंक भने यसलाई सामान्य गल्ती भनेर उम्किने प्रयास गरिरहेको छ ।
यसरी गलत तथ्यांक छापेर बैंकका फाइनान्स तथा लेखा प्रमुख भने फोन अफ गरेर बसेका छन् । बैंकले गलत तथ्यांक छाप्नु र उनी फोन अफ गरेर पब्लिकसँग सम्पर्कविहीन हुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: