×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कुमारी बैंकको पोष्ट मर्जर लफडा-४ : बैंकको ‘दुई-कित्ते’ लडाईले बिग्रियो काम गर्ने वातावरण, सबैभन्दा ठुलो प्रभाव रिकभरीमा !

PRIME CA

कुमारी बैंकको पोष्ट मर्जर लफडा-४ : बैंकको ‘दुई-कित्ते’ लडाईले बिग्रियो काम गर्ने वातावरण, सबैभन्दा ठुलो प्रभाव रिकभरीमा !

२९ श्रावण २०८०, सोमबार

पढ्न लाग्ने समय: < ३ मिनेट

काठमाडौँ । यति बेला कुमारी बैंकमा व्यवस्थापन तहमै दुई कित्ताको लडाई हुँदा बैंकमा काम गर्ने वातावरण बिग्रिएको छ । तत्कालीन कुमारी बैंकको व्यवस्थापन र तत्कालीन एनसीसी बैंकको व्यवस्थापनबीच स्पष्ट दुई कित्ते लडाई देखिंदा बैंकमा काम गर्ने वातावरण बिग्रिएको हो । अहिले बैंकका कर्मचारीहरु बैंकको काम भन्दा पनि बैंकमा उब्जिएको ‘टसल’मा केन्द्रित छन् । कुन बेला आफ्नो सरुवा हुने हो भन्ने तनावमा कर्मचारीहरु एकातर्फ काम गर्न सकीरहेका छैनन् भने अर्कोतर्फ अव सीइओले बैंक छोड्ने हुन् वा डेपुटी सीइओले बैंक छोड्ने हुन् भन्ने विषयमा केन्द्रित हुँदा कर्पोरेट कार्यालयदेखि साखा कार्यालयसम्मका कर्मचारीहरुको मनोविज्ञान धमिलिएको छ ।

‘काम गर्ने वातावरण नै भएन’ : कर्मचारी 
कुमारी बैंकका कर्मचारीसमेत अहिले बैंकमा काम गर्ने वातावरण नरहेको स्वीकार्छन् । ‘काम गर्ने वातावरण नै छैन । मात्र सीइओ र डेपुटी सीइओमध्ये को कसको पक्षमा भन्ने मात्र सल्लाह हुन थालेको छ बैंकमा ।’ बैंकको हेड अफिसमा कार्यरत एक कर्मचारीले अर्थ सरोकारसँग भने, ‘न अहिले बैंकको ग्रोथका बारेमा कुरा हुन्छ, न डिपोजिटको न लोनको । तत्कालीन कुमारीका कर्मचारीहरु तत्कालीन एनसीसीका कर्मचारीले ल्याएको फाइल हेर्नै डराईरहेको अवस्था छ । तत्कालीन कुमारीका कर्मचारीले ल्याएको फाइल तत्कालीन कुमारीकैले हेर्दा फेरी एनसीसीवालाहरु शशंकित हुने र एनसीसीको हकमा पनि यस्तै हुने देखिएको छ । यस्तै हो भने बैंकको उँधोगति सुरु हुन्छ ।’
यता तत्कालीन एनसीसी बैंकबाट गएका कर्मचारीहरु पनि कुमारीका पूराना फाइलहरुमा ठुलो समस्या रहेको बताउँछन् । ‘कुमारीका पहिलाका फाइल पनि लफडेदार छन्, काम गर्न ठुलो रिस्क छ । त्यसैले तत्कालीन कुमारीका साथीहरुले ल्याएको फाइल बढी नै हेर्नुपर्ने स्थिति भएको सत्य हो ।’ तत्कालीन एनसीसीबाट आएका एक कर्मचारी भन्छन्, ‘कुमारी बैंकको फाइलहरुको बिगत पनि राम्रो छैन । हामी आत्तिएको र डराएको दुवै सत्य हो ।’
यता कुमारी बैंकका कर्मचारीहरु तत्कालीन एनसीसीबाट आएका धेरै फाइल बिग्रेको सुनाउँछन् । ‘झन्डै १०० करोडको फाइलमा समस्या छ । कतिपय कागजातमै इस्यु छन् । हाम्रो १९ करोडको फ्रड केस देख्ने तत्कालीन एनसीसीका साथीहरुले आफ्नो करोडौंको फाइल बिग्रिएको देखेका छैनन् । सकेसम्म तत्कालीन कुमारीको फाइल हेर्न नपरे हुन्थ्यो भन्ने लाग्नु स्वाभाविक नै हो । एकदम गलत मर्जर भएछ भन्ने तथ्य बुझ्द्दैछौँ ।’
बैंकको लडाईको प्रभाव रिकभरीमा 
यता बैंकको दुई कित्ते लडाईका कारण बैंकको रिकभरीमा ठुलो समस्या देखिएको छ । कुमारी बैंकको फाइललाई फलोअप गर्दा क्लाइण्टले एनसीसीका सिइओको नाम लिने अनि एनसीसीका फाइललाई फलोअप गर्दा कुमारीको नाम लिने वा आ-आफ्नो तत्कालीन सीइओको नाम लिने गरेका छन् । कतिपय क्लाइण्टले त पहिला आफ्नो लफडा मिलाउनुस अनि हामीलाई फोन गर्नुहोससमेत भनेका छन् । कर्मचारीहरुलाई नै आफु पहिला जहाँ बैंकको हो, सो बाहेक अरु फाइल खोज्न वा पल्टाउन मानिरहेका छैनन् । रिकभरीमा यतिसम्म समस्या बढेको छ कि रिकभरी विभागमा संयोजनको ठुलो कमी छ ।
यसको प्रभाव गत साउन २१ गते बैंकहरूले बैंकले सार्वजनिक गरेको आर्थिक वर्षको वित्तीय विवरणमा देखिएको छ । वित्तीय विवरण सार्वजनिक भएका २० वाणिज्य बैंकमध्य सबैभन्दा कमजोर वित्तीय विवरण कुमारी बैंकको देखिएको छ । यसले पोष्ट मर्जरमा कुन हदसम्मको लफडा छ भन्ने पुष्टी गरेको छ । ‘एनसीसीको फाइलमा समस्या छ । एउटा झन्डै १०० करोडको फाइलमा समस्या देखिएको छ । ब्याज, किस्ता केहि आएको छैन ।’ तत्कालीन कुमारी बैंकका कर्मचारीले यसो भन्दा तत्कालीन एनसीसी बैंकका कर्मचारी भन्छन्- ‘कुमारीका धेरै फाइलमा समस्या देखिएका छन् । अनेक बहानामा ऋणको ब्याज र किस्ता तिरिएका छैनन् । जसको प्रभाव बैंकको वित्तीय विवरणमा देखिनु स्वाभाविक हो ।
मर्जरपछि एक बनेको कुमारी बैंकले ठेकेदारहरूसँगमात्रै ३ अर्ब कर्जा उठाउन बाँकी छ । यसको सावाँको त कुरै छोडौं, ब्याजसमेत आएको छैन । बैंकभित्र काम गर्ने वातावरण नबन्दा बैंकको विवरणयोग्य नाफा नै नेगेटिभ भएको छ । ‘एउटा सहकारीलाई १०० करोड ऋण दिएको समेत पाइयो । सोहि कारण पनि बैंकको वित्तीय विवरणमा समस्या देखियो ।’ बैंकका एक उच्च अधिकारीले अर्थ सरोकारसँग भने, ‘बैंकको निस्क्रिय कर्जा बढेको छम  ५ अर्बबढी रुपैयाँ प्रोभिजनिङ गरिएको छ । काम गर्ने वातावरण नै छैन, बैंकको प्रगति कसरी हुन्छ ?’ पछिल्लो विवरण हेर्दा बैंकको वितरणयोग्य नाफा ८४ करोड ८३ लाख ऋणात्मक देखिएको छ । कर्मचारीको झगडा समयमा नै नसल्टिने हो भने यो समस्या झन् झन् बढ्दै जाने स्वयम् कर्मचारीहरुको गुनासो छ ।

बैंकका सीइओ भन्छन्- ‘धेरै कुरा इगोले बिगारेको छ, विस्तारै सबै ठिक हुन्छ’

यता बैंकका सीइओ रमेश राज अर्याल मर्जरपछि बैंकमा समस्या रहेको स्वीकारछन् । ‘मर्जरपछि केहि स्वाभाविक समस्या छन् । धेरैमा इगो छ । को भन्दा को ठुलो भन्ने छ । यो इगो त्यागेर अगाडी बढ्नुको विकल्प छैन । मर्जरपछि सानातिना समस्याहरु पनि समाधान गर्न समय लाग्दो रहेछ ।’ सीइओ अर्यालले अर्थ सरोकारसँग भने, ‘समस्या छ तर समाधान नहुने समस्या छैनन् । समय लाग्छ, तर समस्या समाधान हुन्छ ।’
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: