×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कुमारीमा पोष्ट मर्जरको लफडा-२ : …जव डेपुटी सीइओ खनाललाई ‘गाडीमा राखेर आगो लगाईदिने’ धम्की आयो…

PRIME CA

कुमारीमा पोष्ट मर्जरको लफडा-२ : …जव डेपुटी सीइओ खनाललाई ‘गाडीमा राखेर आगो लगाईदिने’ धम्की आयो…

२६ श्रावण २०८०, शुक्रबार

पढ्न लाग्ने समय: < २ मिनेट

काठमाडौँ । २ कर्मचारी युनियनलाई एक बनाउने बिषयमा कुरा नमिल्दा र डेपुटी सीइओ रामचन्द्र खनालले जथाभावी सरुवा गरेको भन्दै कर्मचारी युनियनका नेताहरु तातिएपछि अहिले कुमारी बैंकभित्रको लफडाले उग्र रुप लिएको छ । पोष्ट मर्जरपछि उत्पन्न विवाद समयमा नै समाधान हुन नसक्दा अहिले तत्कालीन एनसीसी बैंकबाट आएको कर्मचारी युनियन र बैंकका डेपुटी सीइओ रामचन्द्र खनालबीचको टसलले उग्र रुप लिएको छ भने खनालले तत्कालीन एनसीसी बैंकबाट आएको कर्मचारी युनियन खारेज हुनुपर्छ भन्ने आशयको अभिव्यक्ति दिएपछि उनलाई कारवाहीको माग गर्दै युनियनले विज्ञप्ति नै जारी गरेको छ । अझ खास कुरा त के छ भने यो टसल योहदसम्म आईपुग्दा बीचमा थुप्रै भनाभन, आरोप प्रत्यारोप र घम्साघम्सी भएकोसमेत पाइएको छ ।

जव डेपुटी सीइओ खनाललाई ‘गाडीमा राखेर आगो लगाईदिने धम्की आयो…’

यो केसले उग्र रुप लिनुको पछाडी पोष्ट मर्जरपछिको ‘स्टाफ एडजष्टमेन्ट’ हो । दुई बैंक एक भएपछि बैंक भित्र विभिन्न सरुवा भए । ती सरुवा रामचन्द्र खनालले नेतृत्व लिएर तत्कालीन एनसीसी बैंकका कर्मचारीलाई छानीछानी गलत ठाउँमा गरेको आरोप कर्मचारीको छ । उनले छानी छानी तत्कालीन एनसीसी बैंकका कर्मचारीलाई अनावश्यक सरुवा गर्न थालेपछि कुमारी बैंक स्वतन्त्र कर्मचारी युनियनका नेताहरुले यस विषयमा आपत्ति जनाएका थिए । उनीहरुले खनाललाई भेटेर नै जथाभावी सरुवा रोक्न र नरोके कडा कदम चाल्ने चेतावनीसमेत दिएका थिए । कर्मचारीका नेताबाट कडा चेतावनी आएपछि विभिन्न कर्मचारीको सरुवा रोकिएको थियो । यहाँनेर कर्मचारीहरुको आरोप छ- ‘रामचन्द्र खनालले ज्यादती गरे, मनपरी रुपमा सरुवा गरे ।
सरुवाको झगडाले बैंकमा यति उग्र रुप लिएको थियो कि एक कर्मचारीका नेताले ‘म माओवादीको मान्छे हो, गृहमन्त्री मेरा नजिकका मान्छे हुन्’ भन्दै खनाललाई थर्काएका थिए । सो ‘डिस्कसन’मा रहेका एक बैंकरले आफ्नो नाम नबताउने सर्तमा अर्थ सरोकारसँग भने- हाम्रा साथीले पनि ‘हामीले लडेर ल्याएको गणतन्त्रमा तिमीहरुको रजगज चल्दैन’समेत भनेर चेतावनी दिए ।’ जवाफमा खनालले पनि आफु पनि युद्धकै समयमा पढेर आएको, गृहमन्त्रीलाई आफुले पनि चिनेको अभिव्यक्ति दिए । यति हुँदै गर्दा झगडाले ठुलो रुप लियो । झगडाले ठुलो रुप लिंदै गर्दा एक कर्मचारीले रिसै रिसको झोंकमा भनिदिए, ‘म यस्ता मान्छेलाई त गाडीमा थुनेर आगो लगाईदिन्छु । युद्धमा के के त भोगियो, ठोकिन्छ ।’ उनको आक्रोशित अभिव्यक्ति पछि खनाल केहि साम्य भए र सरुवाका काम रोकिए ।
के भन्छन् डेपुटी सीइओ र सीइओ ? 
यता खनाल पनि आफुलाई राजनीतिक पावर देखाएर सिध्याईदिने धम्की आएको स्वीकार्छन् । ‘साथीहरुले भन्नसम्म भने । र पनि उहाँहरुको सरुवा मेरो मात्र निर्णय थिएन । तर उहाँहरुको एकोहोरो मेराविरुद्ध लागिरहनुभएको छ ।’ अर्थ सरोकारसँग कुराकानी गर्दै डेपुटी सीइओ खनालले भने, ‘झगडाको समाधान निकाल्नुपर्छ भनेर अहिले म शान्त बसेको छु । अफिस जान्छु, आफ्नो काम गर्छु, फर्किन्छु ।’
सरुवाबारे खनालको तर्क उही छ -‘सरुवा गर्ने निर्णय मेरो मात्र होइन, म बैंकको सीइओ होइन, डेपुटी सीइओ हो, मेरो मात्र निर्णयले सरुवा हुँदैन ।’
यता बैंकका सीइओ रमेश राज अर्यालले पनि ‘इगो’ले कसैलाई पनि सहि ठाउँमा नपुर्याउने तर्क गर्छन् । ‘साथीहरुमा इगो छ । यो इगोले हामीलाई सहि ठाउँमा पुर्याउँदैन । त्यसैले सबैजना संयम भएर अघि बढ्नुपर्छ ।’ सीइओ अर्यालले अर्थ सरोकारसँग भने, ‘केहि समस्या छन्, विस्तारै समाधान हुन्छन् ।’
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: